संसदीय मामिला पत्रकार समाजमा रमण

Share on Social Media

जनकपुरधाम माघ २३ गते । संसदीय मामिला पत्रकार समाज जनकपुरधामको पुनर्गठन गरिएको छ। नयाँ कार्यसमितिमा वीरेन्द्र रमण अध्यक्ष, हदिश खुद्दार उपाध्यक्ष, विकास साह सचिव, लक्ष्मी चौधरी कोषाध्यक्ष र कमलेश ठाकुर सहसचिव चयन भएका छन्। सदस्यहरूमा राजा झा, चाँदनी झा, माला राय, सञ्जय साह, नवीन सिंह र सञ्जय यादव रहेका छन्।
यसअघि संसदीय मामिला पत्रकार समाज र संसदीय पत्रकार मञ्च गरी दुईवटा संस्था रहेकोमा त्यसलाई एकीकरण गरी संसदीय पत्रकार समाज मात्रै बनाइएको हो। यसअघि संसदीय पत्रकार मामिला समाजको अध्यक्षमा अजित तिवारी र संसदीय पत्रकार मञ्चको अध्यक्षमा मनिका झा रहेका थिए।
यसको अगुवाइ नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरण गुप्ताले गरेका थिए।
त्यसैगरी सल्लाहकार समितिमा मनिका झा, अजित तिवारी, पुरण साह ,श्रीनारायण साह, धीरेन्द्र साह, अजय झा र सुरेश यादव रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *