गुरुकुलका बटुकहरूबाट बोलीवचन न्युज पोर्टलको शुभारम्भ

Share on Social Media


राजेश कुमार कर्ण
जनकपुरधाम माघ २६ गते ।
आज बोलीवचन डट कम नामक एउटा न्युज पोर्टलको शुभारम्भ हामीले फरक ढंगबाट गरेका छौं ।हामी यसको भव्य र औपचारिक सुरुवात गरेका छैनौँ तर हामीले सनातनी परम्परालाई अनुसरण गरेका छौं र नेपालकै सबैभन्दा पुरानो विद्यालय अर्थात् सबैभन्दा पुरानो गुरुकुल महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका बटुकहरुद्वारा यस निज पोर्टलको शुभारम्भ गरिएको छ ।


हामीले आफ्नो आस्था अनुसार पूजापाठ र अर्चना गरेर यसको यसको शुभारम्भ गरेका छौं । ३०६ वर्ष पुरानो यो गुरुकुल तस्मैया बाबा, सुफी सन्त, पिर बाबा र बालसन्यासी बालगुरु षडानन्दको योगदानबाट स्थापित भएको हो। यसमा बालसन्यासी षडानन्द समेत अध्ययन गर्नुभएको थियो । यसको विस्तृत चर्चा हामी पछि गर्नेछौँ। पत्रकारहरू सूचना र जानकारीहरूलाई जनसमक्ष ल्याउने र त्यो जनसमक्ष ल्याउनका लागि विद्या महत्त्वपूर्ण आवश्यकता भएको हुनाले ऐतिहासिक विद्याको केन्द्रलाई हामीले छनोट गरी त्यसै स्थानमा पूजापाठ गरेर यस बोलिवचन डट कमको शुभारम्भ गरेका हौँ।
आवाज बिहिनहरूको आवाज भएर आउने हाम्रो कोसिस रहनेछ । समाचार विचार र वार्तालापका माध्यमबाट समाजका गतिविधि र समसामयिक घटना-प्रतिघटनाहरू, उनीहरूका मनका कुराहरु भन्न नजानेका र भन्न नसकेका कुराहरुलाई हामीहरुले सकभर कोसिस गर्छौं- त्यो सार्वजनिक गर्न सकियोस् । सरकार र सरोकारवाला निकायहरुसमक्ष समाजको वास्तविक चरित्र प्रस्तुत भई समाज निर्माणमा सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य छ।
हामी प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लागि निरन्तर संघर्षरत थियौँ र रहिरहनेछौं, लोकतन्त्रको संरक्षण, संघीयताको सुदृढीकरण साथै नेपालको संविधानको परिपालनमा हाम्रो पूर्ण सहयोग र समर्थन रहने छ ।
शुभारम्भ गुरुकुलका बटुकहरूका साथै स्थानीय मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास, प्रकाशक महासंघका अध्यक्ष शंकर शाह समेत बोलिवचनको पूजापाठमा सहभागी हुनुभयो । यसको महत्वपूर्ण व्यवस्थापन गर्ने कार्यमा श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले गर्नुभएको थियो। उहाँले यस यस्तो अवसर जुराइदिनु भएकोमा बोलीवचन परिवारको तर्फबाट उहाँलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
बोलिवचन डटकमको सुरुवात शङ्खको उद्घोषबाट भएको थियो र स्वस्ती वाचनका साथै विभिन्न प्रकारका मङ्गलकामना तथा मन्त्र उच्चारण र वाचन सहित पूजापाठ गर्नुका साथै बोलीवचन डट कम बोलिवचन युट्युब च्यानल बोलिवचन फेसबुक पेज को शुभारम्भ गरियो ।
यस यस समाचार र विचार पोर्टलको उन्नति प्रगति विकास र स्थायित्वका लागि तपाईँहरू सबैको साथ र सहयोगको अपेक्षा बोलिवचन परिवारलाई लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *