काठमाडौँ माघ २४ गते । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्चको लक्ष्य घटाएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै खर्चको नयाँ अनुमान सार्वजनिक गरेका हुन्। सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेकोमा अब १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख रुपैयाँमात्र खर्च हुने अनुमान गरिएको छ। यो भनेको लक्ष्यको ९०.९९ प्रतिशत मात्र हो।