‘नो केबुलकार’ आन्दोलनप्रति समर्थन, अध्यक्ष अन्सारीद्वारा सरकारलाई चुनौती

Share on Social Media

काठमाडौं फागुन २२ गते । माइतीघर मण्डलामा जारी ‘मुकुमलुङ जनता: नो केबुलकार’ आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल संघीय समाजवादीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले सरकारको दमनकारी नीतिको कडा आलोचना गरेका छन्। उनले यो आन्दोलन लिम्बु समुदायको मात्र नभई, नेपालका सम्पूर्ण उत्पीडित वर्ग— आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, महिला तथा आर्थिक रूपमा पछाडि परेका नागरिकहरूको अधिकारको आन्दोलन भएको बताएका छन्।

अध्यक्ष अन्सारीले राज्यद्वारा प्रदर्शनमा गरिएको दमनको घोर भर्त्सना गर्दै दोषी पदाधिकारीमाथि छानबिन गरी तुरुन्त कारबाही गर्न माग गरे। साथै, सरकारले वार्ताको वातावरण निर्माण नगरे उत्पीडित समुदायहरू अझ संगठित भएर प्रतिरोध गर्ने चेतावनी दिए।

उनको भनाइमा, सरकार संविधानद्वारा प्रदत्त अधिकारहरू प्रयोग गर्न खोज्ने जनतालाई दमन गर्दै आएको छ। उनले प्रश्न गरे— “जब उत्पीडित समुदाय आफ्नो पहिचान र हकको लागि आवाज उठाउँछन्, राज्यले दमन गर्छ। तर, हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्ने तथा ‘राजा आउ, देश बचाऊ’ भन्ने नारा लगाउनेहरूमाथि सरकारले किन कारबाही गर्दैन?” उनले सरकारलाई चुनौती दिँदै भने, “राज्यसँग दम छ भने संविधान विपरीत गतिविधि गर्नेहरूलाई जेल हाल्ने हिम्मत देखाओस्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *