BYD चौथो अन्तर स्कुल टी–२० क्रिकेट: मदर टेरेशा पब्लिक स्कुल र हिमाली स्कुलको शानदार जित

Share on Social Media

जनकपुरधाम, फागुन २२ – जनकपुरधाममा जारी BYD चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा मदर टेरेशा पब्लिक स्कुलहिमाली स्कुल विजयी भएका छन्।

पहिलो खेल: मदर टेरेशा पब्लिक स्कुल बनाम किड्डी कन्भेन्ट स्कुल

आजको पहिलो खेलमा मदर टेरेशा पब्लिक स्कुलकिड्डी कन्भेन्ट स्कुल भिडेका थिए। टस जितेर पहिले ब्याटिङ गरेको मदर टेरेशा पब्लिक स्कुल ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३८ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। युवराजले ३३ रनआदर्शले २९ रन बनाउँदै टिमलाई मजबुत स्थितिमा पुर्याए। किड्डी कन्भेन्टका बलरमध्ये फहदले २ विकेटअमलेशले १ विकेट लिए।

जवाफमा किड्डी कन्भेन्ट स्कुलले निकै संघर्षपूर्ण प्रदर्शन गर्दै ७९ रनमै समेटियो। टिमका लागि जमलले सर्वाधिक ३२ रन बनाए पनि अन्य ब्याट्सम्यान प्रभावहीन रहे। मदर टेरेशाका बलर रिशनले ५ विकेटकिशनले २ विकेट लिँदै विपक्षीलाई ध्वस्त बनाए। म्यान अफ दि म्याच रिशन झा घोषित भए

दोस्रो खेल: हिमाली स्कुल बनाम न्यु भिजन स्कुल

दोस्रो खेलमा हिमाली स्कुलन्यु भिजन स्कुल आमनेसामने भए। टस जितेको हिमाली स्कुलले न्यु भिजनलाई पहिले ब्याटिङको निम्तो दियो। कमजोर प्रदर्शन गरेको न्यु भिजन स्कुल सिर्फ ३३ रनमा अलआउट भयो। टिमका लागि रुपेश सहनीले सर्वाधिक ११ रन बनाए।

हिमाली स्कुलका बलर निशान्त यादवले ३ विकेट, आयुष यादवले २ विकेट, र हशन साहले २ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअप तहसनहस पारे।

३४ रनको सामान्य लक्ष्य पछ्याउँदै हिमाली स्कुलले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै खेल जित्यो। टिमका लागि सनराज सहले नट आउट ९ रन बनाए। बलिङमा न्यु भिजनका राजवीरले ३ विकेटविवेकले २ विकेट लिए। म्यान अफ दि म्याच निशान्त यादव घोषित भए

प्रतियोगिताको अवलोकन

यो प्रतियोगितामा १६ वटा विद्यालय सहभागी छन्। खेल ICC मान्यता अनुसार सञ्चालन भइरहेको छ। प्रतियोगिता जनकपुर स्पोर्ट्स क्लब र न्यु भिजन नेपालको संयुक्त आयोजनामा सम्पन्न भइरहेको छ।

आज मोनास्टिक स्कुलसंकटमोचन स्कुल भिड्ने आयोजकले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *