राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

२०७९ वैशाख ७ गते । काठमाडौं —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा परेका छन्। उहाँसँग राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाही सहितका राप्रपाका नेताहरू समेत पक्राउ परेका छन्।

राप्रपा गणतन्त्रको विरोध गर्दै नेपालमा राजतन्त्र पुनस्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउन माग गर्दै विभिन्न विरोध कार्यक्रमहरू गर्दै आएको छ। सोही क्रममा वैशाख ७ गते आइतबारका दिन पनि आयोजित कार्यक्रम अनुसार विरोध प्रदर्शन गर्न खोजेको हो । तर उहाँहरु सिंहदरबार स्थित पार्टीको संसदीय कार्यालयबाट प्रदर्शन सुरु गरेर पर्चा वितरण गर्न थालेपछि पक्राउ गरिएको हो।

सिंहदरबार निषेधित क्षेत्र हो र अध्यक्ष लिङ्गदेलले हिजो नै आफूहरू निषेधित क्षेत्र तोड्ने भनेका थिए ।

  • पार्टीको संसदीय दल कार्यालयमा बैठकपछि उनीहरू प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको हो।
  • लिङ्देनसहित नेताहरू सिंहदरबार बाहिर जान खोज्दा प्रहरीद्वारा नियन्त्रणमा लिइयो।
  • उनीहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेट वितरण गर्दै प्रदर्शन गर्न प्रयास गरेका थिए।
  • प्रहरीले प्रदर्शन रोक्दै पर्चा र पम्प्लेटहरू खोसेको बताइएको छ।
  • अन्य राप्रपा नेताहरू भने प्रदर्शनमा छन् ।

Spread the word

Share NOW!

Facebook
Twitter
Pinterest

Related News

जनकपुरधाममा विवाहित किशोरीहरूको सशक्तीकरणका लागि परिचयात्मक कार्यशाला गोष्ठी

जनकपुरधाम, वैशाख १० गते । मधेश प्रदेशको प्रमुख सहर जनकपुरधाममा विवाहित किशोरी तथा महिलाहरूको सशक्तीकरणका

Spread the word
Read More