लिङ्गदेल रिहाईको माग, जुलुस माइती घरतर्फ बढ्दै ।

Share on Social Media

काठमाडौँ वैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएपछि काठमाडौंमा चर्को विरोध प्रदर्शन भएको छ।
प्रदर्शनकारीहरूले उनीहरूलाई अविलम्ब रिहा गर्न माग गर्दै बिजुली बजारबाट जुलुस माइती घरतर्फ अघि बढ्दै गएको छ र छिटपुट रुपमा सिंहदरबार क्षेत्र र वरपरका स्थानमा पनि नारा जुलुस गरेका छन्। ‘लिङ्देन रिहा गर’, र ‘प्रहरी दमन बन्द गर’ जस्ता नारासहित उनीहरूले आन्दोलन चर्काएका हुन्।

लिङ्देन, तामाङ र शाही सिंहदरबार परिसरभित्र शान्तिपूर्ण रुपमा आफ्नो माग राख्ने क्रममा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अहिले उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ।

राप्रपाका नेता तथा कार्यकर्ताहरूले घटनाको घोर भर्त्सना गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाएका छन्। पार्टीका प्रवक्ता तथा अन्य वरिष्ठ नेताहरूले विज्ञप्ति जारी गर्दै तत्काल रिहाइको माग गरेका छन् र यदि माग सुनुवाइ नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *