काठमाडौं, जेठ १६ गते ।
काठमाडौंको दरबारमार्ग क्षेत्रमा अस्थायी रूपमा निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्मको क्षेत्रमा भोलिदेखि असार २४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनाएअनुसार, महेन्द्र शालिकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म पनि निषेधाज्ञा लागू हुनेछ। सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय लिएको बताइएको छ।
निषेधित अवधिभर उक्त क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधिमा प्रतिबन्ध लगाइएको छ।