पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत

Share on Social Media

काठमाडौं , जेठ १६ गते ।

नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका छन्। शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले जानकारी दिए।

रौतहट बम विस्फोट प्रकरणमा दोषी ठहरिएका आलम केही दिनअघि मात्र रिहा भएका थिए। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै बुधबार साँझ उनलाई नख्खु कारागारबाट रिहा गर्न आदेश दिएको थियो।

रिहाइको दुई दिनमै आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएको हो। हाल उनको अवस्था के कस्तो छ भन्नेबारे विस्तृत जानकारी आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *