बीरगञ्ज , जेठ १८ गते । मलेसियाको राजधानी क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्दै संस्थागत एकता र सम्मानमा आधारित भव्य कार्यक्रम सम्पन्न गरेको छ। नेपाली समुदायबीचको समन्वय, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा केन्द्रित सो कार्यक्रममा नेपाल र मलेसियाका थुप्रै विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए। सर्वसम्मत निर्णयका आधारमा गठन गरिएको नयाँ …
क्वालालम्पुरमा नेपाली समाजको नयाँ नेतृत्व चयन, भव्य समारोहमा जसपा अध्यक्ष यादवको उपस्थिति

बीरगञ्ज , जेठ १८ गते ।
मलेसियाको राजधानी क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्दै संस्थागत एकता र सम्मानमा आधारित भव्य कार्यक्रम सम्पन्न गरेको छ। नेपाली समुदायबीचको समन्वय, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा केन्द्रित सो कार्यक्रममा नेपाल र मलेसियाका थुप्रै विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए।
सर्वसम्मत निर्णयका आधारमा गठन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा विनोद कुमार यादव चयन भएका छन्। उपाध्यक्षमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा रहेका छन् भने महासचिवको जिम्मेवारी विप्लवी तेन्जु योन्जनले पाएका छन्। सचिव विक्रम याख्खा, सहसचिव राम प्रवेश राय यादव र उपसचिव घुरण ठाकुर चयन भएका छन्।

कार्यसमितिमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण वीर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार सदस्यका रूपमा रहेका छन्।
कार्यक्रमको प्रमुख आतिथ्य जनता समाज पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले ग्रहण गरेका थिए। नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिमल्सिना, पूर्व परराष्ट्र सचिव अर्जुन थापा, क्षेत्रीय विशेषज्ञ डा. निश्चलनाथ पाण्डे, मधेश प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु) लगायत थुप्रै अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरूको उपस्थिति कार्यक्रममा आकर्षणको केन्द्र रह्यो।
त्यस्तै, मलेसियाली राजनीतिज्ञहरू कस्तुरी पट्टो, राजिव रिश्याकरन, कुसालिनी महेन्द्रन, इस्कन्दर फारीज लगायतले नेपाली समुदायको सक्रियता र योगदानको प्रशंसा गरे। एनआरएन मलेसियाका अध्यक्ष राकेश महतो, एशिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराई, र पूर्व सचिव खगेन्द्र न्यौपानेजस्ता प्रवासी अभियन्ताहरूको उपस्थिति कार्यक्रममा अन्तर्राष्ट्रिय र साझा सरोकारलाई पनि सशक्त बनायो।
कार्यक्रमले मलेसियामा रहेका नेपालीहरूको एकता, नेतृत्व सुदृढीकरण र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गराएको आयोजकहरूको भनाइ छ। नवगठित कार्यसमितिले प्रवासी नेपालीहरूको हकहित, कल्याण तथा आवाज बुलन्द गर्न सकृयताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ।
यस किसिमका आयोजनाहरूले केवल नेतृत्व चयनमा मात्र सीमित नरही, विदेशमा रहेका नेपालीहरूबीचको सामाजिक ऐक्यबद्धता र राष्ट्रिय पहिचान मजबुत पार्न ठूलो भूमिका खेल्ने देखिन्छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers