मटिहानीमा बालविवाहविरुद्धको सडक नाटक: मेयर मोडलले गरे अवलोकन

महोत्तरी, १९ जेठ — मटिहानी नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक अभियानलाई थप सशक्त बनाउँदै सडक नाटक कार्यक्रम सुरु गरेको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेठ १८ गतेदेखि सुरु भएको यस कार्यक्रम अन्तर्गत विभिन्न वडामा सामाजिक सन्देशयुक्त नाटक प्रस्तुत गरिनेछ। नगरपालिकाले पछिल्लो चार वर्षदेखि बालविवाह नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएको छ। सोही प्रयासको निरन्तरताका …

Share on Social Media

महोत्तरी, १९ जेठ

मटिहानी नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक अभियानलाई थप सशक्त बनाउँदै सडक नाटक कार्यक्रम सुरु गरेको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा जेठ १८ गतेदेखि सुरु भएको यस कार्यक्रम अन्तर्गत विभिन्न वडामा सामाजिक सन्देशयुक्त नाटक प्रस्तुत गरिनेछ।

नगरपालिकाले पछिल्लो चार वर्षदेखि बालविवाह नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएको छ। सोही प्रयासको निरन्तरताका रूपमा रंग दर्पण, जनकपुरधामको सहकार्यमा सडक नाटक कार्यक्रमको प्रारम्भ गरिएको हो। पहिलो दिन वडा नं. १ मा कार्यक्रम सुरु गरिएको थियो भने आज वडा नं. ६ मा नाटक प्रस्तुत गरिएको छ। कार्यक्रम क्रमशः वडा नं. ६, ७, ३, २ र ९ का १० स्थानमा सञ्चालन हुने जनाएको छ।

आजको प्रस्तुतीमा नगर प्रमुख हरि प्रसाद मण्डल स्वयं सहभागी भई जनचेतनामा सहभागी बनेका थिए। उनले बालविवाहका कारण समाजमा देखिने गम्भीर सामाजिक, मानसिक तथा शारीरिक असरप्रति चिन्ता व्यक्त गर्दै नाटकजस्ता सशक्त माध्यमले व्यवहार परिवर्तनमा प्रभाव पार्ने विश्वास व्यक्त गरे।

“सामाजिक परिवर्तनका लागि चेतना आवश्यक हुन्छ। यस किसिमको कार्यक्रमले बालविवाह जस्तो गलत अभ्यास न्यूनीकरण गर्न सघाउनेछ,” — नगर प्रमुख मण्डल

शाखा प्रमुख दीपा दासका अनुसार, नाटकले बालविवाहको प्रत्यक्ष असर, बालबालिकाको अधुरा सपना, शिक्षाबाट वञ्चित अवस्था, तथा स्वास्थ्यसम्बन्धी जोखिमहरूलाई संवेदनशील ढंगले प्रस्तुत गर्दैछ। बालविवाह केवल कानुनी अपराध नभई मानवीय संवेदनाको मुद्दा भएको सन्देश दिन नाटकको कथा, संवाद र प्रस्तुतीले गहिरो प्रभाव छोड्ने विश्वास लिइएको छ।

स्थानीयवासीहरूमा समेत नाटकप्रति चासो देखिएको छ। कार्यक्रम हेर्न ठूलो संख्यामा स्थानीयको भीड लागेको थियो। दर्शकहरूले प्रस्तुतीलाई सराहना गर्दै यस्ता कार्यक्रम गाउँ–गाउँमा आवश्यक रहेको बताएका छन्।


मटिहानी नगरपालिकाको यो पहल सामाजिक रुपान्तरणको अभियान हो, जसले बालविवाह जस्तो दीर्घकालीन सामाजिक समस्यामा सामूहिक चेतनाको माध्यमबाट हस्तक्षेप गर्ने प्रयास गरेको छ। यस किसिमका कार्यक्रमहरू अझ व्यापक बनाई विद्यालय, समुदाय र परिवारसम्म सन्देश पुर्‍याउन सकेमा मात्र यो पहल पूर्ण सफल मान्न सकिनेछ।

Daily Report

Daily Report

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *