जनकपुरधाम, जेठ २४ गते । — नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले इस्लाम धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वपूर्ण धार्मिक पर्व ईदुल अझहाको पावन अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै सामाजिक समावेशिता र न्यायप्रति पार्टीको अविचलित प्रतिबद्धता पुनः दोहोर्याउनु भएको छ। शुभकामना सन्देशमार्फत अध्यक्ष अन्सारीले ईदुल …
ईदुल अझहाको अवसरमा: अध्यक्ष अन्सारीको शुभकामना सन्देश

जनकपुरधाम, जेठ २४ गते ।
— नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले इस्लाम धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्वपूर्ण धार्मिक पर्व ईदुल अझहाको पावन अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै सामाजिक समावेशिता र न्यायप्रति पार्टीको अविचलित प्रतिबद्धता पुनः दोहोर्याउनु भएको छ।
शुभकामना सन्देशमार्फत अध्यक्ष अन्सारीले ईदुल अझहालाई केवल धार्मिक पर्वको रूपमा नभई मानवता, सहअस्तित्व, समर्पण र भाइचारा प्रवर्द्धन गर्ने अनुपम प्रेरणाको रूपमा वर्णन गर्नुभएको छ। पैगम्बर हजरत इब्राहिम (अ.स.) को समर्पणको प्रतीक यो पर्वले धार्मिक सहिष्णुता, दया, करुणा र सहायता भावनालाई आत्मसात गर्न सम्पूर्ण समुदायलाई प्रेरित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

अध्यक्ष अन्सारीले भनेका छन्, “नेपाल विविध पहिचान र संस्कृति बोकेको देश हो, जहाँ समानता, सामाजिक न्याय र समावेशी प्रतिनिधित्वका मुद्दा अझै पनि सम्बोधनको पर्खाइमा छन्। यस्तो अवस्थामा ईद जस्ता पर्वहरूले हामीलाई सहिष्णु, समावेशी र न्यायप्रति प्रतिबद्ध समाज निर्माणका लागि प्रेरित गर्छन्।”
उहाँले स्मरण गराउनुभयो कि नेपाल संघीय समाजवादी पार्टी स्थापनाकालदेखि नै उत्पीडित, सीमान्तकृत, पिछडिएको, जातीय, भाषिक, धार्मिक र लैंगिक समूहहरूको हक, पहिचान र अवसरको सुनिश्चितताका लागि निरन्तर संघर्षरत रहँदै आएको छ। पार्टीले संघीयता, धर्मनिरपेक्षता, समता र लोकतान्त्रिक मूल्यमा आधारित सामाजिक रूपान्तरणलाई आफ्नो मूल लक्ष्य मानेको स्पष्ट पार्दै उहाँले सबै नेपाली नागरिकहरूलाई आ–आफ्नो आस्था, धर्म र संस्कृति प्रति सम्मानजनक दृष्टिकोण राख्दै साझा राष्ट्रिय पहिचानको निर्माणतर्फ अघि बढ्न आह्वान गर्नुभयो।
ईदको सन्दर्भलाई शान्ति, सहिष्णुता र समृद्धिको मार्गमा अघि बढ्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै अध्यक्ष अन्सारीले यस पर्वले नेपाली समाजमा एकता, भाइचारा र सामाजिक समरसताको भावना थप बलियो बनाउने अपेक्षा व्यक्त गर्नुभयो।
अन्त्यमा, शुभकामना सन्देशमार्फत अध्यक्ष अन्सारीले सम्पूर्ण शुभेच्छुक, कार्यकर्ता, आम नागरिकहरू र मुस्लिम समुदायलाई ईदको पावन अवसरमा शान्ति, सुख, स्वास्थ्य र समृद्धिको कामना गर्दै “ईद मुबारक” भन्नुभएको

Subscribe to Our Newsletter
Keep in touch with our news & offers