ट्रम्प – मस्क विवाद के? र, नेपालीको सिकाई?

डा. विजयादत्त पृष्ठभूमि: विश्वका सबभन्दा शक्तिशाली राष्ट्रका दुई शक्तिशाली व्यक्ति एउटा राष्ट्रपति ट्रम्प [ Trump ]र अर्को धनाढ्यतम मस्क [ Musk] बीचको उच्चतम विन्दुमा पुगेको टकरावले विश्वमा बहुआयामिक भुइचालो ल्याइ दिएको छ । अमेरिकामा संसारको सबभन्दाबढि तेल उत्पादन हुन्छ र सो तेल अर्थतन्त्रको मेरुदण्ड रहेको छ । तर, निवर्तमान राष्ट्रपति Biden ले 2017 मा Electric …

Share on Social Media

डा. विजयादत्त

पृष्ठभूमि:

विश्वका सबभन्दा शक्तिशाली राष्ट्रका दुई शक्तिशाली व्यक्ति एउटा राष्ट्रपति ट्रम्प [ Trump ]र अर्को धनाढ्यतम मस्क [ Musk] बीचको उच्चतम विन्दुमा पुगेको टकरावले विश्वमा बहुआयामिक भुइचालो ल्याइ दिएको छ । अमेरिकामा संसारको सबभन्दाबढि तेल उत्पादन हुन्छ र सो तेल अर्थतन्त्रको मेरुदण्ड रहेको छ । तर, निवर्तमान राष्ट्रपति Biden ले 2017 मा Electric vehicle मा ठुलो कर छुट दिई सो उद्योगहरुलाई प्रोत्साहित गरे जसमा मस्कको Tesla कम्पनी नम्बर एकमा स्थान पाए ।

2024 को राष्ट्रपतिय चुनावमा तेल उत्पादक कम्पनी र बिजुलीबाट चल्ने उद्योगहरुका मुद्दा नै मुख्य स्थान पाएका थिए । त्यसपछि आप्रवासनका मुद्दा थिए । ट्रम्पक‍ो Nation First नीति अनुसार EV र आप्रवासनलाई नियन्त्रण गर्ने एउटा Bill मा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरे जुन अफ्रिकामा जन्मिएका पछि अमेरिकन भएका Elon Musk को बीचमा गम्भीर विवाद ल्याई दिए ।

वर्तमान कारण


One Big Beautiful Bill यसलाई ट्रम्पले वैधानिक रुपमा अग्रसारित गरेको छ । यसमा भएका प्राबधानहरुमा :

१.ट्याक्स कटौती र विस्तार :

*2017 को Tax Cuts and Job Acts [ 2025-2028 सम्म ]

  • SALT कटौती सीमा

*Vehicle Loan को ब्याज

*नयाँ MAGA Saving accounts

  • वायु प्रदुषण हरित उर्जा क्रेडिटहरु हटाउने
  • Medicaid मा श्रम आवश्यकता लागु गर्ने

२.स्वास्थ्य तथा सामाजिक सुरक्षा

३. सुरक्षा तथा सीमा नियन्त्रण

४.रक्षा बजेट

५.प्रविधि,शिक्षा र न्याय

६. बजेट र अर्थतन्त्र

यो एउटा नीति प्रस्ताव हुन । यसले कर कटौती, श्रम कटौती,सामाजिक सुरक्षा र,मेडिक्याडमा कडाइ,सीमा र सुरक्षा नीति विस्तार र रक्षा लागतमा वृद्धि जस्ता प्राबधान रहेका छन् । यी कार्यहरू निवर्तमान राष्ट्रपति Biden ले शुरु गरेका थिए ।

Elen Musk ले यो Bill लाई One Big Ugly Bill भनि कठोरतम आलोचना गरे । त्यसपछि दुई शक्तिशाली व्यक्तिहरुको बीचमा धमासान विवाद शुरु भएको छ ।

ट्रम्पले के भने ?


ट्रम्पले मस्कलाई Drug addict,Unstable genius, र Ungrateful भनि सम्बोधन गरे ।

Musk ले के भने ?


मस्कले ट्रम्पलाई Hypocrite,corrupt insider भने अनि गोप्य Epstein file लाई जनसमक्षलाई ट्रम्पलाई राष्ट्रपतिको पदबाट पदच्युतगरि उपराष्टपति JD Vance लाई राष्ट्रपति बनाउनेसम्मका धम्की दिए ।

विवादका कारण


ट्रम्प र,मस्कको बीचमा विवादका कारण हुन राजनीतिक समर्थन,वित्तीय स्वार्थ,व्यक्तिगत अहंकार र सार्वजनिक छवि नै मुख्यतः मान्निछ ।
निवर्तमान राष्ट्रपतिको EV मा कर छुटले मस्कलाई संसारका धनाढ्तम व्यक्ति बन्न ठुलो सहयोग भएको थियो । उनको कम्पनी Tesla ले स्वर्णिम अवसर प्राप्त गरेका थिए । तर, ट्रम्पले एउटै झटकामा सबै सपनालाई खण्डित गरे ।
यी विवाद Trump ले Truth Social र Musk ले X Social आ-आफ्नो सोसल मिडियाबाट सम्प्रेषण गरेका छन् र Bromance लाई धज्जी नै उडाएका छन् ।

नेपालको सिकाइ के ?


Elon Musk अमेरिकाको राष्ट्रपति कहिलेपनि बर्तमान संविधान अनुसार राष्ट्रपति बन्न सक्दैन तर,धनाढ्यतम् व्यक्ति संसारमा भएकोले पैसाको बलमा जसलाई पनि मुलुकको सर्वोच्च पदमा पदासिन गराउने र त्यसपछि आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गराउने स्पष्ट नीतिकै कारण Donald Trump लाई राष्ट्रपतिकै पदमा खर्बौं खर्चगरि चुनावमा जिताए र अपेक्षित स्वार्थ पुरा नभएपछि Epstein file खोलेर संसारमा नङ्ग्याउने चाल चलेको देखिन्छ ।

ठीक यस्तै अवस्था दक्षिण एशियाली मुलुकहरुमा रहेको देखिन्छ । छिमेकीमा Nation First लागु होला त ?खासगरी,नेपालमा त यस्तो अवस्था यत्रतत्र,सर्वत्र रहेको भनिन्छ-देखिन्छ । चुनावको बेलामा कोसंग रकम लिने र नलिने ? को बीचमा अन्तर नछुट्टाउनुको कारण विगतमा ठुल-ठुला विवादहरु आएका छन् । यदि यस्ता रकमहरुमा नियन्त्रण भै दियो भने निर्वाचनमा लाग्ने सुरसामुखी खर्चमा नियन्त्रण भई सदाचारको बाटोमा नेता र नेतृत्व लाग्नेछ कि ? जनअपेक्षा रहेको छ । नेपालले Nation First को नीति कडाइका साथ कहिलेेदेखि पालन- परिपालन गर्ला ?

(लेखक मधेसी आयोगका पूर्व अध्यक्ष हुनुहुन्छ।)
Daily Report

Daily Report

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *