वीरगञ्ज, साउन ३० गते ।भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आज विशेष उत्सवको आयोजना गर्यो। बिहानैदेखि सुरु भएको समारोहमा राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान बजाउने र भारतका राष्ट्रपति द्रौपदी मुर्मुबाट पठाइएको विशेष सन्देश वाचनजस्ता औपचारिक गतिविधिहरू सम्पन्न भए। महावाणिज्यदूत डिएस मिनाले राष्ट्रपति सन्देश पढ्दै यस ऐतिहासिक अवसरमा उपस्थित सबै अतिथि र …
भारतको ७९ औं स्वतन्त्रता दिवस धूमधामका साथ सम्पन्न, श दुई देशको मित्रता अझ प्रगाढ हुने

वीरगञ्ज, साउन ३० गते ।
भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आज विशेष उत्सवको आयोजना गर्यो। बिहानैदेखि सुरु भएको समारोहमा राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान बजाउने र भारतका राष्ट्रपति द्रौपदी मुर्मुबाट पठाइएको विशेष सन्देश वाचनजस्ता औपचारिक गतिविधिहरू सम्पन्न भए। महावाणिज्यदूत डिएस मिनाले राष्ट्रपति सन्देश पढ्दै यस ऐतिहासिक अवसरमा उपस्थित सबै अतिथि र सहभागीहरूप्रति आभार व्यक्त गरे।

समारोहको विशेष आकर्षण भने स्थानीय शिक्षक र विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम रहे।
जसले दर्शकहरूलाई भावुक मात्र बनायो होइन, दुई देशबीचको आपसी एकता र मित्रताको सन्देश पनि प्रष्ट पारे।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर, विभिन्न राजनीतिक दलका वरिष्ठ नेता, बारा र पर्सा जिल्लाका प्रमुख प्रशासनिक तथा प्रहरी अधिकारी, नागरिक समाजका प्रतिनिधि, दूतावासका कर्मचारी तथा उनीहरूका परिवारसहित सयौं जनाको उपस्थिति रह्यो।

महावाणिज्य दूतावासका पदाधिकारीहरूले यस्ता अवसरहरूले भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनीहरूका अनुसार सांस्कृतिक आदान–प्रदान र जनस्तरको सहभागिताले दुई मुलुकबीचको मित्रतालाई व्यवहारिक र भावनात्मक दुवै रूपमा मजबुती दिन्छ।
यस वर्षको समारोहले वीरगञ्जमा मात्र नभई सम्पूर्ण सीमावर्ती क्षेत्रका समुदायहरूलाई पनि मित्रता, सद्भाव र साझेदारीको सन्देश पु¥याएको अनुभव सहभागीहरूले व्यक्त गरे।

Subscribe to Our Newsletter
Keep in touch with our news & offers