धनुषामा पत्रकारमाथि आक्रमण गर्ने वकिलविरुद्ध कारबाहीको माग गर्दै धर्ना

जनकपुरधाम, साउन ३१ गते ।पत्रकारमाथि आक्रमणकारी वकिलहरूलाई प्रहरीले अझै पक्राउ नगरेको विरोधमा पत्रकारहरू आइतबार धनुषा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन्। नेपाल पत्रकार महासंघ धनुषाको अगुवाइमा बिहान ११ देखि १२ बजेसम्म एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरिएको हो। धर्नामा सहभागी पत्रकारहरूले “पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर”, “पत्रकारलाई सुरक्षा देऊ” र …

Share on Social Media

जनकपुरधाम, साउन ३१ गते ।
पत्रकारमाथि आक्रमणकारी वकिलहरूलाई प्रहरीले अझै पक्राउ नगरेको विरोधमा पत्रकारहरू आइतबार धनुषा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन्।

नेपाल पत्रकार महासंघ धनुषाको अगुवाइमा बिहान ११ देखि १२ बजेसम्म एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरिएको हो। धर्नामा सहभागी पत्रकारहरूले “पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर”, “पत्रकारलाई सुरक्षा देऊ” र “सत्य बोल्ने कलमलाई कुनै बलले रोक्दैन” भन्ने नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

गत साउन २७ गते गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिइएको चार कट्ठा जग्गामा तारबार गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। त्यही बेला नेपाल बार एसाेसिएसन जनकपुरधामका पदाधिकारी समेत संलग्न एक समूह वकिलले पत्रकारमाथि शारीरिक आक्रमण गरेका थिए।

आक्रमणमा परेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

साउन २९ गते नै पीडित पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय धनुषामा घटनामा संलग्न ६ जना वकिलविरुद्ध जाहेरी दर्ता गराएका थिए। तर, अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।

महासंघका पदाधिकारीहरूले प्रहरी प्रशासन मौन बसिरहे पत्रकार समुदाय अझ कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
महासंघ धनुषाले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाप्रति राज्य उदासीन देखिनु दुःखद भएको बताउँदै तत्काल दोषी वकिललाई कानूनी प्रक्रियामा ल्याउन माग गरेको छ।

BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *