सर्लाहीमा २५ किलो गाँजासहित युवक पक्राउ, एक जना फरार

सर्लाही , भदौ १३ गते । जिल्लामा लागूऔषधविरुद्धको अभियानअन्तर्गत प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवक सर्लाहीको लालबन्दी नगरपालिका–१४, कामिटारका २० वर्षीय सन्ते ब्लोन रहेका छन । बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८, खतिवडा चोकमा नियमित सवारीसाधन चेकजाँच भइरहेका बेला बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा दुई …

Share on Social Media

सर्लाही , भदौ १३ गते ।

जिल्लामा लागूऔषधविरुद्धको अभियानअन्तर्गत प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवक सर्लाहीको लालबन्दी नगरपालिका–१४, कामिटारका २० वर्षीय सन्ते ब्लोन रहेका छन ।

बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८, खतिवडा चोकमा नियमित सवारीसाधन चेकजाँच भइरहेका बेला बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा दुई जना युवक सवार थिए। प्रहरीले शंका लागेर रोकेपछि दुबै जनाले मोटरसाइकल रोक्नेबित्तिकै साथमा रहेका झोला फालेर पश्चिमतर्फ खेततर्फ भाग्न थाले।

पछ्याउने क्रममा प्रहरीले सन्ते ब्लोनलाई नियन्त्रणमा लिन सफल भए पनि अर्का युवक भने फरार भएका छन

भाग्दाखेरि फ्याँकिएको दुई वटा झोलामा प्रहरीले ५ पोका गाँजा फेला पारेको छ। यसको तौल करिब २५ किलो रहेको प्रहरीले जनाएको छ। गाँजासहित बरामद गरिएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका ब्लोनलाई जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले उनलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ। फरार रहेका अर्का अभियुक्तको पहिचान र खोजी कार्यलाई पनि तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

सर्लाहीमा पछिल्लो समय गाँजासहित अन्य लागूऔषध कारोबार बढिरहेको भन्दै प्रहरीले नियमित चेकजाँच र निगरानीलाई कडाइ गरेको छ। प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरी घटनामा संलग्न पुरा समूहलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।


BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *