काठमाडौं, भदौ १३ गते ।उखु किसानहरूका जायज मागलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीले आज एक ऐतिहासिक कदम चालेको छ। किसानहरूको पीडा, उनीहरूको संघर्ष र मागलाई आत्मसात् गर्दै पार्टीले पूर्ण ऐक्यबद्धता जनाउनुका साथै तत्काल समस्या समाधान गर्न सरकारलाई कडा शब्दमा आग्रह गरेको छ। आज माइतीघर मण्डलामा जारी आन्दोलनरत किसानहरूसँग एक्यबद्धता जनाउन पार्टीको प्रतिनिधि टोली पार्टीका …
उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता, सरकारसँग माग पुरा गर्न नेपाल संघीय समाजवादी पार्टीको माग

काठमाडौं, भदौ १३ गते ।
उखु किसानहरूका जायज मागलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीले आज एक ऐतिहासिक कदम चालेको छ। किसानहरूको पीडा, उनीहरूको संघर्ष र मागलाई आत्मसात् गर्दै पार्टीले पूर्ण ऐक्यबद्धता जनाउनुका साथै तत्काल समस्या समाधान गर्न सरकारलाई कडा शब्दमा आग्रह गरेको छ।
आज माइतीघर मण्डलामा जारी आन्दोलनरत किसानहरूसँग एक्यबद्धता जनाउन पार्टीको प्रतिनिधि टोली पार्टीका केन्द्रीय उपमहासचिव जनक कार्कीको नेतृत्वमा पुगेको थियो। उक्त टोलीमा पार्टीका केन्द्रीय सचिव दिनेश पाख्रिन, बागमती प्रदेश इन्चार्ज चन्द्र तामाङ, केन्द्रीय सदस्य राजेन्द्र रामसहित अन्य केन्द्रीय सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

उनीहरूले किसान आन्दोलनलाई समर्थन गर्दै किसानहरूको जायज माग तत्काल पूरा गर्न सरकारलाई कडा चेतावनी दिएका छन्। प्रतिनिधि टोलीले सरकारको लापरबाही र उदासिनताका कारण किसानहरू झन् दयनीय अवस्थाबाट गुज्रिनु परेको भन्दै सरकार अब पनि गम्भीर नभए पार्टी सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ।
कार्यक्रम स्थलमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय उपमहासचिव जनक कार्कीले भने,
“उखु किसानहरू यो देशका मेरुदण्ड हुन्। उनीहरूको रगत-पसिनाको मोल राज्यले बेवास्ता गर्ने काम अब सह्य हुँदैन। नेपाल संघीय समाजवादी पार्टी किसान आन्दोलनसँग काँधमा काँध मिलाएर उभिन्छ, र सरकारलाई किसानका जायज माग तुरुन्त पूरा गर्न बाध्य पार्छ।”
त्यस्तै, केन्द्रीय सचिव दिनेश पाख्रिनले किसानलाई वेवास्ता गर्नु राष्ट्रघात सरह भएको उल्लेख गर्दै भने,
“राज्यले किसानलाई अपमानित बनाउने हो भने हाम्रो पार्टी चुप लागेर बस्दैन। कृषकको पसिनाको मूल्य तिर्नु सरकारको दायित्व हो, दया होइन।”
बागमती प्रदेश इन्चार्ज चन्द्र तामाङले किसानहरूको माग पुरा नगरेसम्म आन्दोलन झनै चर्किने चेतावनी दिँदै भने,
“आज किसानहरू पेटभरि खान र ऋण तिर्न संघर्षरत छन्। उनीहरूको न्यायोचित हक दिन नसक्ने सरकार कायर सावित हुनेछ।”
यसैगरी, केन्द्रीय सदस्य राजेन्द्र रामले किसानको संघर्षलाई ऐतिहासिक बलिदानसँग तुलना गर्दै भने,
“देशको विकासको बाटो कृषकको समृद्धिमा टेकेको हुन्छ। किसानलाई न्याय बिना समृद्ध नेपाल सम्भव छैन।”
पार्टीले जारी प्रेस विज्ञप्ति मार्फत समेत किसान आन्दोलनलाई समर्थन गर्दै कृषकका सबै माग तत्काल पूरा गर्न सरकारलाई पुनः आग्रह गरेको छ।
नेपाल संघीय समाजवादी पार्टीको आजको ऐक्यबद्धता प्रदर्शनले किसान आन्दोलनलाई नयाँ ऊर्जा दिएको छ। पार्टीले किसानका पक्षमा उभिँदै किसानमैत्री राष्ट्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता फेरि स्पष्ट गरेको छ।

Subscribe to Our Newsletter
Keep in touch with our news & offers