असोज, काठमाडौँ २३ गते। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधानको मर्म र व्यवस्था विपरीत बलमिच्याँइका आधारमा सत्ता कब्जा गरेको आरोप लगाएका छन् । भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई असंवैधानिक ठहर गर्दै कठोर टिप्पणी गरेका हुन् । ओलीले भने, “अहिले देशमा असाधारण परिस्थिति …
जेनजी विद्रोहपछि ओलीको पहिलो सार्वजनिक कार्यक्रममा कडा प्रहार, यो बलमिच्याँइले बनेको असंवैधानिक सरकार हो : ओली

असोज, काठमाडौँ २३ गते। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधानको मर्म र व्यवस्था विपरीत बलमिच्याँइका आधारमा सत्ता कब्जा गरेको आरोप लगाएका छन् । भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई असंवैधानिक ठहर गर्दै कठोर टिप्पणी गरेका हुन् ।

ओलीले भने, “अहिले देशमा असाधारण परिस्थिति छ । सरकार छ, तर संविधान अनुसार बनेको छैन । यो बलमिच्याइँको सरकार हो ।”
उनको दाबी अनुसार, कार्की प्रधानमन्त्री बन्ने प्रक्रियामा शर्त राखिएको थियो । “प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्ने पूर्वशर्त राखिएको थियो । संविधानको व्याख्या गरेर आएको व्यक्ति स्वयंले लोकतन्त्रको जग कमजोर पार्ने खालको अडान लिएर प्रधानमन्त्री बनेका छन्,” ओलीले प्रहार गरे ।
उनले अझै थपे, “संसद् तुरुन्तै भंग गर्ने भए मात्र प्रधानमन्त्री हुन्छु भन्ने शर्त उहाँले राख्नुभयो । संसद् नभंग भए जेनजीले देशमा आगो बाल्छ भन्ने धम्की दिनुभयो ।”
ओलीले संविधानमै स्पष्ट प्रावधान रहेको भन्दै पूर्वन्यायाधीश वा प्रधानन्यायाधीश कुनै पनि कार्यकारी पदमा बस्न नमिल्ने उल्लेख गरे । “प्रधानन्यायाधीश भएर चुकेका व्यक्तिले प्रधानमन्त्री बन्ने कुरा संविधानले नै निषेध गरेको छ । तर, कार्कीजी सडक आन्दोलन गरेर प्रधानमन्त्री बनेका छन्,” उनले भने ।
उनका अनुसार, जेनजी आन्दोलनको प्रत्यक्ष मञ्चमा उत्रिएर मात्र कार्की प्रधानमन्त्री बन्न सफल भएका थिए । “२३ र २४ गते सडकमा जेनजी भनेर नारा लगाउँदै उहाँ सुरिनुभयो । त्यसकै आधारमा प्रधानमन्त्री बन्नुभयो,” उनले कटाक्ष गरे ।
यो ओलीको जेनजी विद्रोहपश्चात् पहिलो सार्वजनिक कार्यक्रम हो । कार्यक्रममा उनले वर्तमान राजनीतिक स्थिरता, संसद् र लोकतान्त्रिक संस्थामाथि संकट देखिएको उल्लेख गर्दै संविधानको रक्षा र लोकतन्त्रको सबलीकरणका लागि एमाले लडिरहने प्रतिवद्धता जनाए ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers