काङ्ग्रेसको माग– प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरी त्यसबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता Bhishmaraj Angdembe ले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरेका हुन् ।
उनले सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री उठेर बाहिरिएको घटनाप्रति आपत्ति जनाए ।
आङ्देम्बेले उक्त घटनाले संसद् र समग्र मुलुकको गरिमामाथि प्रश्न उठाएको टिप्पणी गर्दै प्रधानमन्त्रीको व्यवहार अस्वाभाविक देखिएकाले स्वास्थ्य परीक्षण आवश्यक भएको बताए ।
उनले संसद् जस्तो सर्वोच्च लोकतान्त्रिक संस्थाको मर्यादा कायम राख्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा समेत व्यक्त गरे ।