काठमाडौं, वैशाख १३ गते ।
विद्युतीय बोलपत्र प्रणाली (ई–बिडिङ) ह्याक गरी ठेक्का हत्याउने प्रकरणमा थप दुई निर्माण कम्पनीका सञ्चालक पक्राउ परेका छन्।
(सीआईबी) ले शनिबार साँझ इन्कोन प्रालिका लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्सका सञ्चालकलाई पक्राउ गरेको जनाएको छ।
सीआईबीले गएको चैत महिनाको अन्तिम सातादेखि ई–बिडिङ प्रणाली ह्याक गर्ने तथा गराउने गिरोहविरुद्ध व्यापक अनुसन्धान गर्दै धमाधम पक्राउ प्रक्रिया अघि बढाएको हो।
यसअघि शुक्रबार मात्रै सीआईबीले कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा Rastriya Prajatantra Partyका नेता Bikram Pandey र भीषण कन्ट्राक्सनका टंककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको थियो।
सीआईबीका अनुसार यस प्रकरणमा हालसम्म १० जनाभन्दा बढी व्यक्तिहरू पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले सरकारी ठेक्कासम्बन्धी प्रणालीमा अवैध पहुँच बनाई प्रतिस्पर्धा प्रभावित पार्ने संगठित गिरोहको जालो तोड्ने प्रयास जारी रहेको जनाएको छ।