काभ्रेपलाञ्चोक, १३ वैशाख — वर्षाका कारण अवरुद्ध भएको वीपी राजमार्गमा अलपत्र परेका ६ सय २७ यात्रुको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार साँझदेखि रोशी खोलामा आएको बाढीले राजमार्गअन्तर्गत मंगलटार क्षेत्रमा रहेका अस्थायी डाइभर्सन बगाउँदा यात्रुहरू फसेका थिए।
प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार आइतबार बिहान सुरक्षाकर्मीको टोलीले ती यात्रुको सकुशल उद्धार गरेको हो।