Popular Posts

मानव बेचबिखन र जबरजस्ती करणीका आरोपी मो. ताहिर राईन कतारबाट पक्राउ


काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसुरमा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका धनुषाका एक व्यक्ति कतारबाट पक्राउ परेका छन्।
धनुषाको धनौजी गाउँपालिका–५ निवासी मो. ताहिर राईनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो।
इन्टरपोल शाखा र एनसीबी दोहा, कतारबीचको समन्वयमा राईनलाई कतारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईनलाई कतारबाट कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं ल्याइएको छ।
प्रहरीका अनुसार उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *