Popular Posts

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग गरे छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार छलफलमा विभिन्न क्षेत्रका २० वटा कम्पनीका प्रतिनिधि सहभागी थिए। छलफलमा निजी क्षेत्रका समस्या, लगानीको वातावरण तथा आर्थिक गतिविधिसँग सम्बन्धित विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ।

छलफलमा सूर्य नेपाल प्रालि, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी र हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी थिए।

त्यस्तै होङ्सी सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, बोटलर्स नेपाल (तराई) र युनिलिभर नेपालका प्रतिनिधिको पनि सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ।

यसैगरी एसियन पेन्ट्स, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट, नारायणी प्रालि र न्यू होप एग्रो बिजनेस नेपाल प्रालिका प्रतिनिधि छलफलमा सहभागी भएका थिए।

छलफलमा नेपाल वेलहोप एग्रीटेक प्रालि, वरुण बेभरेज, टर्की एयरलाइन्स, भोटेकोशी पावर कम्पनी तथा बर्जर जेन्सन एन्ड निकोल्सन नेपाल प्रालिका प्रतिनिधिको समेत उपस्थिति थियो।

अर्थ मन्त्रालयका अनुसार सरकार र निजी क्षेत्रबीच नियमित संवादमार्फत लगानी तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *