South Asia Trade Fair 2026 सुरु
भृकुटी मण्डपमा बिहीबारदेखि पाँचदिने ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु भएको छ । दक्षिण एसियाली देशहरूबीच व्यापार, लगानी तथा औद्योगिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेला वैशाख २४ देखि २८ (मे ७–११) सम्म सञ्चालन हुनेछ ।
मेलाको उद्घाटन नेपालका लागि Ruwanthi Delpitiya, Shafiqul Rahman, नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष Deepak Malhotra तथा मेला संयोजक Suman Maharjan ले संयुक्त रूपमा गर्नुभयो ।
आयोजकका अनुसार दक्षिण एसियाली क्षेत्रका उद्योग, व्यापार तथा सेवा क्षेत्रका अवसरहरूलाई एउटै थलोमा ल्याउने उद्देश्यसहित आयोजना गरिएको मेलालाई व्यवसायिक गतिविधि पुनः चलायमान बनाउने महत्वपूर्ण प्लेटफर्मका रूपमा हेरिएको छ । देशमा केही समययता सुस्त बनेको व्यापारिक वातावरणबीच निजी क्षेत्रलाई पुनः सक्रिय बनाउन मेला उपयोगी हुने अपेक्षा गरिएको छ । मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो (ईपीबी) को सहकार्य रहेको छ । भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समेत कार्यक्रमलाई समर्थन गरेको आयोजकले जनाएको छ ।
मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका तथा माल्दिभ्सलगायत आठ देशको सहभागिता रहनेछ । आयोजकका अनुसार करिब १५० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् भने झण्डै एक लाख स्थानीय अवलोकनकर्ता तथा पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका वस्तु तथा सेवाहरू प्रदर्शन गरिएका छन् । साथै, व्यापारिक भेटघाट, फुड फेस्टिभल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जनाइएको छ ।
आयोजकले यस मेलामार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन, क्रेता–बिक्रेता सहकार्य विस्तार तथा दक्षिण एसियाली देशहरूबीच व्यापारिक सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य राखिएको जनाएको छ ।