चैती नवरात्र आरम्भ, पहिलो दिन माता शैलपुत्रीको पूजा सम्पन्न

Share on Social Media

जनकपुरधाम | हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको चैती दशैं आजबाट सुरू भएको छ। नवरात्रिको पहिलो दिन माता शैलपुत्रीको पूजा-अर्चना गर्दै भक्तजनहरूले व्रत र दुर्गा सप्तशती पाठ आरम्भ गरेका छन्।
जनकपुरलगायत देशभरका शक्तिपीठ तथा मठ-मन्दिरहरूमा श्रद्धालुहरूको भीड देखिएको छ। देवी दुर्गाको पहिलो स्वरूप मानिने शैलपुत्री हिमालय पुत्री पार्वतीको अवतार हुन्, जसलाई स्थिरता र शुद्धताको प्रतीक मानिन्छ।
यस वर्ष चैती नवरात्र विशेष रहन सक्ने धार्मिक विश्लेषकहरूको अनुमान छ। भक्तजनहरूले भक्तिभावका साथ नवदुर्गाको पूजन गर्दै यस पर्वलाई विशेष रूपमा मनाउने तयारी गरेका छन्।

माता शैलपुत्री: नवदुर्गाको पहिलो स्वरूप

माता शैलपुत्री नवरात्रिको पहिलो दिन पूजित देवी हुन्। शैलपुत्री भन्नाले ‘शैल’ अर्थात् हिमालका पुत्री भन्ने बुझिन्छ। यी माता पार्वतीको पहिलो स्वरूप मानिन्छिन्, जसले आफ्नो पूर्व जन्ममा दक्ष प्रजापतिकी पुत्री सतीका रूपमा जन्म लिएकी थिइन्। सतीले आफ्नो पतिको अपमान भएपछि योगबलद्वारा आफूलाई समर्पण गरिन्। पुनः उनी हिमालय राजाको घरमा जन्म लिई शैलपुत्री कहलाइन्।

माता शैलपुत्रीको स्वरूप

माता शैलपुत्री सेतो वृषभ (बेलाइ) मा सवार रहनुहुन्छ, त्यसैले उहाँलाई वृषारूढ़ा देवी पनि भनिन्छ। उहाँको दाहिने हातमा त्रिशूल र बाँया हातमा कमलको फूल रहन्छ। उहाँलाई चन्द्रशेखरि पनि भनिन्छ, किनभने उहाँको शिरमा चन्द्रमाको आभूषण विराजमान छ।


शैलपुत्रीको पूजा विधि

ब्रह्ममुहूर्तमा उठेर स्नान गरी स्वच्छ वस्त्र धारण गर्नुपर्छ।
पूजा स्थलीमा गंगाजलले शुद्धीकरण गरी कलश स्थापना गरिन्छ।
देवीको चित्र वा मूर्तिलाई फूल, चन्दन, धूप-दीपले अर्चना गरिन्छ।
दुर्गा सप्तशती, देवी कवच, र शैलपुत्री स्तोत्र पाठ गरिन्छ।
शुद्ध घिउको दीप जलाइने परम्परा छ, जसले दीर्घायु र आरोग्य प्रदान गर्ने विश्वास गरिन्छ।


शैलपुत्री पूजनको महत्व

माता शैलपुत्रीलाई पूज्दा मन शुद्ध रहन्छ र आध्यात्मिक ऊर्जा प्राप्त हुन्छ।
साधकको कुण्डलिनी शक्ति जागृत हुने धार्मिक मान्यता छ।
ग्रह दोष विशेष गरी चन्द्र दोष हटाउनका लागि शैलपुत्रीको उपासना प्रभावकारी मानिन्छ।
चैती नवरात्रिको पहिलो दिनमा शैलपुत्रीको विधिपूर्वक आराधना गर्दा भक्तजनहरूलाई शुभ फल प्राप्त हुने विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *