२०२५ अप्रिल २२ मा भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा २६ जना निर्दोष यात्रुहरूको ज्यान गएपछि भारतले कडा कदम चालेको छ। घटनाको जिम्मेवारी पाकिस्तान समर्थित लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद र हिज्बुल मुजाहिद्दीनजस्ता समूहहरूमाथि लगाइएको थियो। त्यसको जवाफस्वरूप भारतले २०२५ मे ७ मा ‘अपरेसन सिन्दुर’ नामक सैन्य अपरेसन सञ्चालन गर्यो।
अपरेसन सिन्दुरको रणनीति र लक्ष्य

अपरेसन सिन्दुर भारतीय थलसेना, वायुसेना र गुप्तचर निकायहरूको समन्वयमा सञ्चालित एक संयुक्त सैन्य कारबाही थियो। यसअन्तर्गत पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीर (PoK) मा रहेका ९ वटा प्रमुख आतङ्कवादी शिविरहरूमा २४ वटा सटीक मिसाइल आक्रमण गरिएको थियो।
लक्षित स्थलहरूमा मुजफ्फराबाद, कोटली, मुरीदके, बहावलपुर, भिम्बर, सियालकोट, तेहरा कलान र मनसेहरा सामेल थिए। यस्ता आक्रमणहरू रातिको समयमा गरिएका थिए जसले सर्वसाधारणलाई क्षति पुग्न नदिने उद्देश्य राखिएको थियो।

भारतीय सेनाको प्रेस ब्रिफिङ
रक्षा मन्त्री राजनाथ सिंह ले संसदमा सम्बोधन गर्दै भने:
अपरेसनपछि भारतीय सेनाले पत्रकार सम्मेलनमार्फत कारबाहीको पुष्टि गर्यो। थलसेना प्रमुख जनरल उपेन्द्र द्विवेदी ले भने: “अपरेसन सिन्दुरको उद्देश्य आतङ्ककारी संरचनाहरूको जड समाप्त गर्नु थियो। यो सीमित तर अत्यन्त सटीक सैन्य कारबाही थियो।”
“भारत अब मौन रहने पक्षमा छैन। हामी नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं।”
अन्तर्राष्ट्रिय प्रतिक्रिया
संयुक्त राष्ट्रसंघ, अमेरिका र चीन लगायत अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन दुवै देशलाई आग्रह गरेका छन्। अमेरिकाले भारतको आत्मरक्षाको अधिकार भनेर स्वीकार गरेको छ ।
नेपाल र सीमावर्ती क्षेत्रमा असर
भारत–नेपाल खुला सीमा भएकाले अपरेसन सिन्दुरको प्रभाव नेपालमा पनि देखिएको छ। भारतले बिहार र उत्तर प्रदेशसँगका सीमा क्षेत्रमा सुरक्षा कडाइ गरेको छ।
अपरेसन सिन्दुर भारतको सुरक्षा रणनीतिमा आएको ठूलो परिवर्तनको संकेत हो। यसले भारतको सैन्य क्षमता र राजनीतिक इच्छाशक्तिको स्पष्ट सन्देश दिन्छ कि अब आतङ्कवादको विरुद्ध भारत चुप लागेर बस्ने छैन।