जनकपुरधाम माघ ४ गते ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले आज एक समारोहका बिच बिधि बिधान अनुसार जनउमपा ४ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय देखि जलाद नदीसम्म सडक विस्तारको शिलान्यास गर्नु भएको छ।
१५ फिटे बाटो लाई २० फिट अर्थात् ६ मिटर चौडा, ७ सय मिटर लामो सडकमा किही भागमा माटाको काम समेत गर्नुपर्ने रहेको सो सडक २ सय ५० मिटर कालोपत्रे, ह्युमपाईप हाली भूमिगत नाला निर्माण, प्रत्येक घरको पानी निकासीका निमित्त चेम्बरको ब्यबस्था समेत रहेको उक्त प्रोजेक्ट २ करोड ६८ लाखको रहेको छ भने अषार मसान्तसम्म काम सकिसक्नु पर्ने समयावधि निर्धारण गरिएको छ। यसमा पूर्व संघीय मंत्री अनिता देवी साहको संसदीय बजेट र नपाको सहयोगमा भएको मेयर मनोज कुमार साहले जानकारी गराउउनु भएको छ। मंत्री साहकै प्रयासमा उक्त सडक १५ फिट बाट २० फिट भएको समेत मेयर साहले स्पष्ट पार्नु भएको छ।
