मधेश प्रदेश सरकारले एक लाख दीप प्रज्वलन गर्ने

Share on Social Media

जनकपुरधाम माघ ४ गते । भोलि भाग ५ गते बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले जनकपुरधामको जानकी मन्दिरमा एक लाख दीप प्रज्वलन गर्ने बताएका छन्।
मधेस आन्दोलन भएकै कारण देशमा संघीयता आएको र संघीयतामा मधेसहरूको सम्झना र सम्मान गर्न जरुरी रहेको बताउँदै मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सहिदहरूको सम्मानमा दीप प्रज्वलन गर्न लागेको बताए । उनले यसका साथै सहिद परिवारलाई सम्मान कार्यक्रम समेत रहेको जानकारी दिए। यस प्रकार एक लाख दीप प्रज्वलन गर्ने कार्यक्रममा पहिलोपटक आयोजना गर्न लागेको हो।
यसअघि सहिद बसको अवसरमा कुन कुन कार्यक्रम आयोजना गर्ने त्यसबारे मधेस प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका विभिन्न दलहरूबीच छलफल समेत भएको थियो।
सहिद परिवारलाई प्रत्येक वर्ष सम्मान गर्ने कार्यक्रम मधेस प्रदेशले सरकारले गर्दै आए पनि शहीदहरूको परिवारका सदस्यहरूको व्यवस्थापनका बारेमा सरकारले ठोस योजना ल्याउन नसकेको जनगुनासो रहेको छ। तर यसबारे मधेस प्रदेश सरकार गम्भीर रहेको समेत उनीहरुले पटकपटक जानकारी गराउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *