रवि सहित १४ जनाविरूद्ध अनुसन्धान पूरक प्रतिवेदन तयार

काठमाडौं, माघ ५ गते। सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित १४ जनाविरूद्ध अनुसन्धान गरेर तयार पारेको पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।पुरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गौतम मिश्रले बताए । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

उनका अनुसार, अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र छविलाल जोशी गोर्खा मिडियाका सञ्चालक हुन्। अन्य जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा सेयरधनी हुन्।

Spread the word

Share NOW!

Facebook
Twitter
Pinterest

Related News

गणेशमान चारनाथ नगरपालिकाको अग्रसरता: नवीकरणीय ऊर्जा नीति निर्माणको दिशामा ऐतिहासिक पाइला

जनकपुरधाम चैत्र २२ गते धनुषा जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित गणेशमान चारनाथ नगरपालिकाले नवीकरणीय ऊर्जा उपयोगमा

Spread the word
Read More