युवा र विद्यार्थीद्वारा शहिदको शालिकमा माल्यार्पण

Share on Social Media

जनकपुरधाम, माघ ५ गते। जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट भातृसंगठन समाजवादी विद्यार्थी युनियन, नेपाल र समाजवादी युवा संघ, नेपाल धनुषाको संयुक्त आयोजनामा १८औं बलिदानी दिवस मनाउदै, शहिदद्वारमा शहिदहरुको शालिकमा फुलमाला चढाई श्रद्धासुमनसहित माला अर्पण गरेका छन्।आजकै दिन अर्थात २०६३ माघ ५ गतेका मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा शहिद रमेश महतो गोलि हानी हत्या गरेको थियो। त्यही क्रममा मधेश आन्दोलनका सम्पूर्ण शहिदहरुको स्मृतिमा माघ ५ गते मनाइने १८औं बलिदानी दिवसको अवसरमा मधेश प्रदेशका राजधानी जनकपुरधाम-१४ मुजेलिया स्थित शहिदद्वारमा शहिदहरुको प्रतिमामा पुष्प माला अर्पण गरि भवपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन।शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ स्थित मुजेलियामा शहिदद्वारमा विद्यार्थीका जिल्ला अध्यक्ष रामभगत यादवको नेतृत्वमा मधेश जनआन्दोलन एवं जनविद्रोहका प्रथम सहिद विद्यार्थी नेता रमेश महतोसहितका सहिदहरूको सालिकमा जसपा, नेपालका केन्द्रिय सदस्यद्व्य लालकिशोर साह र जितेन्द्र यादव, रामअशिष यादव, चमेली देवी दास र रामगोबिन्द यादव त्यस्तै प्रदेश सदस्य ज्ञानेन्द्र यादव, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्षद्व्य रामशंकर पासमान, ललित मण्डल, जिल्ला सचिव बरुण यादव, जिल्ला सदस्य सत्रुधन यादव, महोत्तरी जिल्ला एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डल, मुखियापट्टी मुसहरनिया गाउँपालिका समितिका अध्यक्ष अशोक यादव तथा युवाका जिल्ला दिपेन्द्र कापरी र विद्यार्थीका नेताहरु बलिराम कापरी, आमिन राइन, विद्यार्थी जिल्ला सचिव संस्कार यादव, रामकुमार साह, किशन यादव, रोहित यादव, रघु यादव, धिरु यादव रामउदय यादव, फिरोज मन्सुर, रामपुकार यादव र सुनिल मण्डलसहित पार्टीका नेता तथा कार्यकर्ता, विद्यार्थी, युवाहरुको सहभागितामा माल्यार्पण गर्नुभएको छ।साथै, आजै शनिबार अर्थात माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा जनकपुरधामको रमेश चौकमा साझ ४:०० बजे दिपप्रज्वलन तथा श्रद्धाञ्जली सभा मनाउने विद्यार्थी जिल्ला यादवले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *