तमलापाले मनाए बलिदान दिवस

Share on Social Media

जनकपुरधाम माघ ५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीले पार्टी कार्यालयमा बलिदानी दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरेका छन्।
सो कार्यक्रममा बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष डाक्टर विजय कुमार सिंहले शहीदहरूको बलिदानकै कारण देश आज संघीयतामा रहेको ले सहिदहरूको सपना साकार गर्न सबै दलहरू एकजुट भए लाग्नुपर्ने बताए । उनले हाल मधेसवादी दलहरू बीच भइरहेको एलायन्सका कुरा निकै सकारात्मक रहेको र यसमा सबै मधेेशवादी दल हरु दलगत स्वार्थ त्यागेर मधेश र मधेसीको हितमा एकजुट भई लाग्नुपर्ने कुरामा जोड दिँदै मधेसी हरु एकजुट भए सहकार्य गरेर सम्पूर्ण मधेसको लागि काम गरेको खण्डमा मात्र को शहिदको  सम्मान हुने बताए ।
सो कार्यक्रममा अन्य मधेेशवादी दलका नेता तथा कार्यकर्ताहरू समेतको सहभागिता रहेको थियो। उहाँहरुले शहिद को तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।

Oplus_131072

Leave a Reply

Your email address will not be published. Required fields are marked *