नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता प्रारम्भ

Share on Social Media

मटिहानी माघ ८ गते ।मटिहानी रंगशालामा सातौ नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ को आज मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री लालबाबु कवारीले  संयुक्त रुपमा शुभारम्भ गर्नु भएको छ  ।
मटिहानी नगरपालिकाको आयोजनामा शुरू भएको दुई दिने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पालिकाका ५ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन ।
नगर प्रमुख श्री हरि प्रसाद मंडलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री लालबाबु कवारी, वड़ा नं.७ का वड़ा अध्यक्ष श्री जितनारायन माझी, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष श्री महेश दास,लो.स.पा. नेपालका नगर अध्यक्ष श्री श्याम कुमार मंडल, स्वास्थ्य शाखा प्रमुख श्री पवन कुमार मंडल, रा.स.मा.वि. मटिहानीका प्र.अ. ईश्वरी पौडेल, लगायतका वक्ताहरुले आफ्नो मंतव्य राख्नु भयो ।
उक्त प्रतियोगितामा भलीबाल,कब्बडी, दौड़ ,हाइ जम्प लॉन्ग जम्प गरी जम्मा २३ किसिमको खेल खेलाइने कुराको जानकारी शिक्षा शाखा प्रमुख चन्देश्वर साहले दिनु भयो।
उक्त समुद्घाटन कार्यक्रममा राष्ट्रिय अनुसंधान कार्यालय महोत्तरीका प्रमुख श्री सुदीप अधिकारी, महोत्तरी शिक्षा समन्वय इकाई प्रमुख श्री रेबिका अमात, मटिहानी नगरपालिकाका  क्रमशः वड़ा नं. ३,४,७,८ र ९ का वड़ा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु ,वड़ा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, पत्रकारज्यूहरु ,शिक्षक शिक्षिका लगायत सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *