जनकपुरधाम माघ ८ गते । जनकपुरधाम स्थित रामानन्द चौकमा मधेश प्रदेश ०२ – ००१ झ ०१६५ नम्बरको मन्त्री चढ्ने गाडी र मधेश प्रदेश ०३ – ००१झ ००९६ नम्बरको गाडी एक आपसमा ठक्कर दिएका छन् । गाडीको ठक्करबाट मधेश प्रदेशका स्वाथ्यमन्त्री सत्रुधन प्रसाद सिंह घाइते भएका छन् । उनलाई स्थानिय प्रहरीले सुरक्षित निकालेर प्रादेशिक अस्पतालमा उपचारको लागि पठाएको स्थानियले जानकारी दिएका छन् । गाडी कसरी ठोक्कियो त्यसबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।

