पत्रकारमाथि भएको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघको आपत्ति

काठमाडौँ। २४ मंसिर । नेपाल पत्रकार महासंघले केन्जो खबर डटकमका पत्रकार विष्णुप्रसाद अधिकारी र उनका परिवारमाथि भएको दुर्व्यवहार तथा कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार अधिकारीलाई समाचार संकलनका क्रममा गैरकानुनी रूपमा नियन्त्रणमा लिइनुका साथै उनी र उनका परिवारमाथि अमानवीय व्यवहार गरिएको उल्लेख गरिएको छ। महासंघले यस्तो कार्य प्रेस स्वतन्त्रतामाथिको …

Share on Social Media

काठमाडौँ।

२४ मंसिर ।

नेपाल पत्रकार महासंघले केन्जो खबर डटकमका पत्रकार विष्णुप्रसाद अधिकारी र उनका परिवारमाथि भएको दुर्व्यवहार तथा कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार अधिकारीलाई समाचार संकलनका क्रममा गैरकानुनी रूपमा नियन्त्रणमा लिइनुका साथै उनी र उनका परिवारमाथि अमानवीय व्यवहार गरिएको उल्लेख गरिएको छ। महासंघले यस्तो कार्य प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भएको ठहर गर्दै घटनामा संलग्न दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारमाथि हुने धम्की, दुर्व्यवहार र हिंसाले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउँछ।” महासंघले राज्यका सम्बन्धित निकायलाई पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति गर्न तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरेको छ।

महासंघले सरकारलाई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, पत्रकारमाथि हुने कुनै पनि प्रकारका आक्रमण र दमन तत्काल रोक्न तथा पीडितलाई न्याय दिलाउन जोडदार माग गरेको छ।

प्रेस विज्ञप्तिमा महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेका छन्।


BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *