अहिलेकै प्रणालीमा चुनाव गराएर मुलुक अघि बढाउन खोज्नु भ्रम : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्र मात्रै चुनाव गरेर मुलुक अघि बढाउन सकिन्छ भन्ने धारणा ‘भ्रम’ भएको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै लिङ्देनले जनताको आक्रोश केवल व्यक्ति परिवर्तनका लागि नभएको भन्दै संरचनात्मक सुधारअनुसार अघि बढ्नुपर्ने आवश्यकता दोहो¥याए। उनका अनुसार जेनजी आन्दोलनको कारण कुनै एक …

Share on Social Media

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्र मात्रै चुनाव गरेर मुलुक अघि बढाउन सकिन्छ भन्ने धारणा ‘भ्रम’ भएको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै लिङ्देनले जनताको आक्रोश केवल व्यक्ति परिवर्तनका लागि नभएको भन्दै संरचनात्मक सुधारअनुसार अघि बढ्नुपर्ने आवश्यकता दोहो¥याए।

उनका अनुसार जेनजी आन्दोलनको कारण कुनै एक नेतालाई सत्तामा राख्ने वा हटाउने मात्र होइन, प्रणालीगत समस्याप्रतिको असन्तोष हो।
‘आफ्नै संसद् भवन जलाउने, अदालत तोडफोड गर्नेसम्म पुगेको आक्रोशलाई केवल चुनाव गरेर समाधान खोज्नु भ्रम हो,’ लिङ्देनले भने।

लिङ्देनले राप्रपाले वर्तमान सरकार बन्नुअघि नै आवश्यक विषयमा सुझाव दिएको दाबी गर्दै सरकार गठनसँगै केही महत्वपूर्ण कुराहरू सुनिश्चित गर्नुपर्ने बताए।


BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *