काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा आज भएको भेटका क्रममा दुबैबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र हितका विविध विषयहरूमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। निर्वाचन सहयोगबारे भारतको प्रतिबद्धता यसअघि मुनु महावरले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि भेटवार्ता गरेका थिए।सो भेटमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनका …
प्रधानमन्त्री सुशीला कार्कीसँग भारतीय अतिरिक्त सचिव मुनु महावरको भेटवार्ता

काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारमा आज भएको भेटका क्रममा दुबैबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र हितका विविध विषयहरूमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
निर्वाचन सहयोगबारे भारतको प्रतिबद्धता
यसअघि मुनु महावरले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि भेटवार्ता गरेका थिए।
सो भेटमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक स्रोत, साधन तथा सुरक्षा व्यवस्था सम्बन्धी सामग्री नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
काठमाडौंबाट कूटनीतिक सक्रियता
भारतीय विदेश मन्त्रालयको उत्तर क्षेत्र (Northern Division) हेर्ने अधिकारी महावर आइतबार काठमाडौं आएका हुन्।
उनको यो भ्रमणलाई नेपाल–भारतबीच हालै बढिरहेको कूटनीतिक सम्पर्क, सुरक्षा समन्वय र निर्वाचन तयारीमा सहयोगसहितका विषयसँग जोडेर हेरिएको छ।

Subscribe to Our Newsletter
Keep in touch with our news & offers










