काठमाडौं। महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृशेषचन्द्र लाल नेतृत्वका तीन राजनीतिक दलबीच एकीकरण हुने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीले संयुक्त रूपमा एकीकृत राजनीतिक शक्तिका रूपमा अगाडि बढ्ने निर्णय गरेका छन्। तीन दलले जारी गरेको संयुक्त विज्ञप्तिमार्फत देशमा विकसित राजनीतिक अनिश्चितता, बढ्दो भ्रष्टाचार तथा बेथितीको अन्त्यका लागि ताजा …
मधेसवादी तीन दल एकीकृत हुने सहमति

काठमाडौं।
महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृशेषचन्द्र लाल नेतृत्वका तीन राजनीतिक दलबीच एकीकरण हुने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीले संयुक्त रूपमा एकीकृत राजनीतिक शक्तिका रूपमा अगाडि बढ्ने निर्णय गरेका छन्।
तीन दलले जारी गरेको संयुक्त विज्ञप्तिमार्फत देशमा विकसित राजनीतिक अनिश्चितता, बढ्दो भ्रष्टाचार तथा बेथितीको अन्त्यका लागि ताजा जनादेश आवश्यक रहेको निष्कर्ष निकालेका छन्। तिनका अनुसार वर्तमान परिस्थितिबाट निकास दिलाउन आम निर्वाचन नै उपयुक्त विकल्प हो।

विज्ञप्तिमा भनिएको छ, “समान अधिकार, राज्यका हरेक तहमा समानुपातिक समावेशिता र विविधताको सम्मान सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ प्रतिबद्धता राख्दै सिमान्तिकृत समुदायहरूको व्यापक राजनीतिक शक्ति निर्माणको आवश्यकता अनुभव गरेका छौं। यही लक्ष्यसहित लोसपा, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकजुट भई एकीकृत हुने निर्णय गरेका छौं।”
यो एकीकरणले मधेश–केन्द्रित राजनीति, पहिचान मुद्दा र संघीय संरचनाको कार्यान्वयनमा कस्तो प्रभाव पार्नेछ भन्नेबारे राजनीतिक वृतमा चासो बढेको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers










