गजेन्द्र बाबुको २४औं पुण्यतिथिमा मधेसवादी नेताहरूको जमघट

Share on Social Media

काठमाडौँ माघ ११ गते । यस केन्द्रद्वारा आज गजेन्द्र बाबुको २४औं पुण्यतिथिको अवसरमा काठमाडौं लगायत मधेशको विभिन्न जिल्लाहरुमा “गजेन्द्र बाबुको चिन्तन र मधेशको भावी कार्यदिशा”विषयक विचार विमर्श कार्यक्रम आयोजना गरिएको छ।
काठमाडौंको कृष्णभोग पार्टी प्यालेश, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष श्री राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष मा.उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष मा.डा.सिके राउत, जसपाका सहअध्यक्ष श्री रेणु यादव, जसपाका नेता तथा नेपाल सरकारका मन्त्री मा.नवल किशोर साह, जनता प्रगतिशील पार्टीका अध्यक्ष श्री हृदयेश त्रिपाठी, तमलोपाका अध्यक्ष श्री वृषेश चन्द्र लाल, संघीय सामाजवादी पार्टीका महासचिव श्री अनन्त राई, नागरिक पहिलोका नेता प्रशान्त सिंह, प्राध्यापक डा.विनय मिश्र, पत्रकार श्री मोहन सिंह, अभियानी रिता साह, हिमालिनीका प्रधान सम्पादक सचितानन्द मिश्र, मधेशवाणीका सम्पादक श्री राम सुकुल मण्डल, अभियानी कंचना झा, मा. राजकिशोर यादव, मा. मनिष सुमन, डा. शिवजी यादव, श्री रामकुमार शर्मा, डा.शरद सिंह यादव,श्री शैल कुमारी देवि, श्री वि. पी. साह, श्री कमला गुरुङ, श्री बुद्ध छिरिङ मोक्तान , श्री सुमन सायमी, श्री जुनतारा पुन मगर, श्री विमला लामा, श्री संजय कुमार, श्री संजय यादव, श्री अनन्त अनुराग, श्री राजिव देव, श्री पंकज देव, श्री ब्रजकिशोर सिंह, श्री हेम शंकर सिंह, श्री आभाष गुरु, श्री दिपक गुप्ता, श्री सि.एन. थारु, श्री निमेश कर्ण, श्री सुरेश यादव, श्री सुभास साह, श्री राजेश मिश्र, श्री पंकज मिश्र, श्री राजेश राय, श्री दिपेन पन्त, श्री दिल बहादुर निशानी, श्री किशोर गुरु, श्री दिपेश दनुवार, श्री संयोग देव लगायतका व्यक्तित्वहरुको उपस्थिति रहयो।
कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले गजेन्द्र बाबुले विकट परिस्थितिमा गरेको अधिकार पहिचानको आन्दोलनको मुक्त कण्ठले प्रशंसा गरे। साथै सबै मधेशवादी पार्टीहरुले पुन: सहकार्य गर्नुपर्ने आवश्यक रहेको बताए । नेपालका सम्पूर्ण उत्पीडित जाति र समुदायको संयुक्त आन्दोलनको निम्ति अब मधेशी सहित सबै पहिचानवादीहरु बीच सहकार्य हुन आवश्यक रहेको वक्ताहरुले औल्याउनुभयो। कार्यक्रमको संचालन श्री केशव झाले गरेका थिए र कार्यक्रमको विषय प्रवेश श्री संतोष महेताले गराएका थिए भने अध्यक्षता श्री अनिलकुमार महासेठले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *