कोरोना भाइरसको जेएन.1 भेरिएन्ट फैलिदैं

Share on Social Media

डा. संजय राय भन्छन्, “कोरोना भाइरसका हजारौं प्रकार छन् तर मानवमा असर गर्ने मुख्य सात प्रकारमात्र छन्। जेएन.1 को असर सामान्य रुघाखोकीभन्दा कमजोर छ। अहिले कसैले कोरोना भइ अस्पताल पुगेको छ भने त्यसको अर्थ सधैं गम्भीर अवस्था होइन — सामान्य रुघाखोकीमा पनि केही बिरामीलाई अस्पताल जानु पर्ने हुन सक्छ।”

Share on Social Media

काठमाडाैं, जेठ ७ गते ।

हालका दिनहरूमा एसियाका विभिन्न देशहरूमा कोरोना भाइरसका नयाँ केसहरू फेरि बढ्न थालेका छन्। यद्यपि भारतमा स्थिति नियन्त्रणमै रहेको बताइन्छ। भारत सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभरि जेएन.1 भेरिएन्टका २५७ सक्रिय संक्रमित भेटिएका छन्, जसमध्ये ५३ जना मुम्बईमा छन्।

जेएन.1 भेरिएन्ट के हो?

जेएन.1 भेरिएन्ट वास्तवमा ओमिक्रोन भेरिएन्टकै एक सब-भेरिएन्ट हो। यो एकदम नयाँ नभएर एक वर्षभन्दा बढी पहिलेदेखि वैज्ञानिकहरूले पहिचान गरिसकेका हुन्। यसबारे जानकारी दिँदै एम्स (दिल्ली) का प्रोफेसर तथा को-भ्याक्सिन परीक्षणका प्रमुख अनुसन्धानकर्ता डा. संजय राय भन्छन्, “हामीसँग हाल उपलब्ध प्रमाणअनुसार यो भेरिएन्ट सामान्य रुघाखोकीजस्तै कमजोर छ र यसको कारणले गम्भीर अवस्था आउनुको सम्भावना निकै कम छ।”

कुन देशमा कति असर?

  • सिंगापुर: २७ अप्रिलदेखि ३ मे २०२५ को हप्तामा करिब १४,२०० नयाँ केसहरू देखिए, जुन अघिल्लो हप्ताको ११,१०० केसभन्दा बढी हो।
  • थाइल्याण्ड, हङकङ, चीन: यी देशहरूमा पनि पछिल्ला महिना यता संक्रमितको संख्या बढ्दो क्रममा छ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार हाल त्यहाँ एलएफ.7 र एनबी.1.8 (जेएन.1 का सब-भेरिएन्ट) मुख्यरूपमा फैलिरहेका छन्। यी मध्ये अधिकांश केस जेएन.1 कै हुन् भन्ने जीनोम सिक्वेन्सिङबाट प्रमाणित भएको छ। यसैलाई आधार मानेर नयाँ भ्याक्सिन बनाइएको पनि जनाइएको छ।

डराउनुपर्ने अवस्था छ?

डा. संजय राय भन्छन्, “कोरोना भाइरसका हजारौं प्रकार छन् तर मानवमा असर गर्ने मुख्य सात प्रकारमात्र छन्। जेएन.1 को असर सामान्य रुघाखोकीभन्दा कमजोर छ। अहिले कसैले कोरोना भइ अस्पताल पुगेको छ भने त्यसको अर्थ सधैं गम्भीर अवस्था होइन — सामान्य रुघाखोकीमा पनि केही बिरामीलाई अस्पताल जानु पर्ने हुन सक्छ।”

उनी थप भन्छन्, “हाम्रो सर्वेक्षणअनुसार अधिकांश मानिसहरूमा कोभिड विरुद्धको प्रतिरक्षा (एण्टीबडी) बनिसकेको छ, जसको अर्थ प्रायः सबैलाई कोभिड भइसकेको छ।”

जेएन.1 भेरिएन्ट हाल तीव्र रूपमा फैलिएको भए पनि यो पहिलेका भेरिएन्टहरूजत्तिकै गम्भीर छैन। स्वास्थ्य विशेषज्ञहरूको सल्लाहअनुसार हालको अवस्थामा अत्यधिक डराउनु आवश्यक छैन, तर व्यक्तिगत सतर्कता र सावधानी अपनाउनु भने जरुरी छ।

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism.
Just $2 for 6 months.
Already a subscriber?
Share the post

what to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *