सिद्धिविक्रम शाह एआईजीमा बढुवा सिफारिस, विशेष ब्युरो प्रमुखले पाए जिम्मेवारीको नयाँ अवसर

Share on Social Media

काठमाडौँ , जेठ ७ गते ।

नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाहलाई एआईजी पदका लागि बढुवा सिफारिस गरिएको छ। बढुवा सिफारिस समिति बैठकले जेठ ६ गते शाहको नाम सिफारिस गरेको हो।

हाल प्रहरी विशेष ब्युरोको नेतृत्व सम्हालिरहेका शाहको अनुभव, दक्षता र कार्यकुशलतालाई ध्यानमा राख्दै उनलाई एआईजी पदमा सिफारिस गरिएको हो। एआईजी लालमणि आचार्य जेठ १० मा सेवा निवृत्त हुँदै छन्, त्यसपछि रिक्त हुने पदमा शाहले स्थान लिन सक्नेछन्।

शाहले आफ्नो सरकारी सेवा यात्रा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग (राविवि) बाट सुरु गरेका थिए। त्यसपछिको पाँच वर्षभित्र, २०५८ सालमा उनी नेपाल प्रहरीमा समायोजन भएका थिए।

२०८१ सालको मंसिर महिनामा डीआईजीमा पदोन्नति पाएका शाहको करियर निरन्तर प्रगतिको दिशामा अगाडि बढिरहेको छ। प्रहरी संगठनमा विभिन्न संवेदनशील जिम्मेवारी सम्हालिसकेका शाह अब एआईजीको भूमिकामा पुग्ने बाटोमा छन्।

उनको बढुवा सिफारिससँगै नेपाल प्रहरीको नेतृत्व तहमा नयाँ अनुहारको आगमनको तयारी देखिएको छ, जसले संगठनलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *