सिग्मा कलेजको क्यान्टिनमा ग्यास लिकका कारण आगलागी, तीन लाख रुपैयाँ बराबरको क्षति

Share on Social Media

काठमाडौं , जेठ ७ गते । काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान अचानक आगलागी भएको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार क्यान्टिनमा ग्यास लिक भएको कारणले आगो सल्किएको हो। आगो लागेपछि तत्काल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहायतामा बिहान ८ बजेभित्र आगो नियन्त्रणमा लिएका थिए।

अचानक लागेको आगोले क्यान्टिनभित्र रहेका सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको डिएसपी थापाले जानकारी दिए।

सौभाग्यवश, आगलागीमा कुनै मानविय क्षति भने नभएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *