गणतन्त्र र लोकतन्त्रका मूल्य–मान्यतालाई संरक्षण गर्नु सबै नागरिकको साझा जिम्मेवारी : देउवा

काठमाडौं, जेठ १५ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको समृद्धि, सभ्यता र समुन्नत भविष्यको सुनिश्चितता गणतान्त्रिक शासन प्रणालीको संस्थागत विकासबाट मात्र सम्भव हुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै देउवाले गणतन्त्र र लोकतन्त्रका मूल्य–मान्यतालाई संरक्षण गर्नु सबै नागरिकको साझा जिम्मेवारी रहेको उल्लेख गरेका छन्। उनले जनताको …

Share on Social Media

काठमाडौं, जेठ १५ गते ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको समृद्धि, सभ्यता र समुन्नत भविष्यको सुनिश्चितता गणतान्त्रिक शासन प्रणालीको संस्थागत विकासबाट मात्र सम्भव हुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै देउवाले गणतन्त्र र लोकतन्त्रका मूल्य–मान्यतालाई संरक्षण गर्नु सबै नागरिकको साझा जिम्मेवारी रहेको उल्लेख गरेका छन्।

उनले जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्नु राष्ट्रको दीर्घकालीन हितका लागि अनिवार्य रहेको बताए। “गणतन्त्र नेपालको ऐतिहासिक परिवर्तनको उपलब्धि हो, जसको जग जनताको त्याग, संघर्ष र बलिदानले बनेको हो,” सभापति देउवाले भने, “त्यसैले यसको सुदृढीकरणमार्फत मात्र सामाजिक न्याय, समावेशी लोकतन्त्र र दिगो विकास सम्भव छ।”

देउवाले समावेशिता, समानता र न्यायका आधारमा गणतन्त्र दिवसले सबै नेपालीलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गरे। उनले लोकतन्त्रको पुनःस्थापना र संरक्षणका लागि योगदान दिने ज्ञात–अज्ञात वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्र दिवस उनीहरूको गौरवपूर्ण योगदान सम्झने दिन भएको बताए।

“नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लागि संघर्ष गर्ने हरेक सहिदको बलिदानबाट नै हामीले गणतन्त्र प्राप्त गरेका हौं,” उनले भने, “त्यसैले आजको दिन उनीहरूप्रति उच्च सम्मान व्यक्त गर्ने अवसर हो।”

जनआन्दोलन र संविधानसभाको संघर्षको स्मरण

देउवाले विसं २०६२/६३ को जनआन्दोलन र त्यसपछिको राजनीतिक प्रक्रियालाई स्मरण गर्दै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको संविधानसभाको निर्वाचनले नेपालको राजनीतिक दिशामा नयाँ अध्याय सुरु भएको उल्लेख गरे। सोही संविधानसभाको पहिलो बैठकमार्फत २०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो।

सभापति देउवाले गणतन्त्रको स्थायित्व र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण नै भावी पुस्ताका लागि समुन्नत नेपाल निर्माणको आधार बन्ने स्पष्ट हुनेछ ।

Daily Report

Daily Report

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *