बजेटमा देखिएन -जनकपुरधामको पर्यटन विकासका योजना सरकार र स्थानीय नेतृत्वको असफलता: एक विश्लेषण

Share on Social Media

नेपाल सरकारले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रको रूपमा विकास गर्ने स्पष्ट योजना प्रस्तुत गरेको छैन।

Share on Social Media

राजेश कुमार कर्ण

जनकपुरधाम—नेपालको धार्मिक, सांस्कृतिक र राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण शहर—दशकौंदेखि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने चर्चा हुँदै आए पनि त्यसअनुसारको ठोस कार्यान्वयन देखिएको छैन। नेपाल सरकारले लुम्बिनी र पशुपतिनाथ क्षेत्रको विकासमा विशेष ध्यान दिएको भए पनि जनकपुरधामको सन्दर्भमा भने यस्ता प्रयासहरू नगण्य छन्।

१. सरकारी उपेक्षा र योजनाविहीनता

नेपाल सरकारले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रको रूपमा विकास गर्ने स्पष्ट योजना प्रस्तुत गरेको छैन। लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोषजस्ता संस्थाहरूलाई नियमित बजेट र कार्ययोजना प्रदान गरिए पनि जनकपुरधामको सन्दर्भमा यस्ता प्रयासहरू नगण्य छन्। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् नामक संस्था स्थापना भए पनि यसको प्रभावकारिता देखिदैन र बजेट अति नै न्यून हुने गरेको छ भने कर्मचारी र अध्यक्ष बीच निरन्तर हुदै आएको छ ।

२. स्थानीय नेतृत्वको निष्क्रियता

जनकपुरधाम र मधेस प्रदेशबाट निर्वाचित नेताहरूले आफ्ना पार्टीका नेतृत्वको चाप्लुसीमै सीमित रहेर जनकपुरधामको विकासका सवालमा सशक्त आवाज उठाउन असमर्थता देखाएका छन्। जनकपुरधामको विकासका लागि आवश्यक योजनाहरूको अभाव, बजेट विनियोजनमा पारदर्शिताको कमी, र कार्यान्वयनमा ढिलाइले यस क्षेत्रको विकास अघि बढ्नु सकेको छैन ।

३. धार्मिक र सांस्कृतिक पर्यटनको सम्भावना

जनकपुरधाम राम–जानकीको विवाहस्थलका रूपमा सम्पूर्ण हिन्दु समाजको आस्थाको केन्द्र हो। यहाँ रामजानकी मन्दिर, विविध कुण्डहरू, विवाह मण्डप, जानकी मन्दिर परिसर लगायतका थुप्रै सम्पदाहरू छन् जसले दैनिक हजारौं श्रद्धालुहरू तानिरहेका छन्। ‘वैवाहिक गन्तव्य स्थल’ को अवधारणाले यहाँको ऐतिहासिक प्रेम–कथालाई आधुनिकीकरण गर्दै अन्तर्राष्ट्रिय धार्मिक पर्यटकलाई आकर्षित गर्ने अवसर दिन्थ्यो। यद्यपि, हरेक वर्ष संसदमा यो विषय उठे पनि त्यसअनुसार बजेट र कार्यान्वयन योजना तयार नहुनु सरकारको निष्क्रियतालाई उजागर गर्छ।

४. खेलकुद पर्यटनको सम्भावना

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको प्रभावशाली उपस्थिति मात्र नभएर विजेता भई जनकपुरवासीको उत्साहजनक समर्थनले यहाँ खेलकुद पर्यटनको आधार तयार भइसकेको छ। जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने हो भने यसले खेलप्रेमी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ। सरकारले यदि खेलकुद क्षेत्रमै विश्वासिलो पूर्वाधार विकास गर्ने हो भने जनकपुर ‘स्पोर्ट्स डेस्टिनेशन’ को उदाहरणीय मोडल बन्न सक्छ।

५. सीता सर्किट र सीमापारको चासो

भारत सरकारले बिहारको पुनौरागढमा १ अर्बभन्दा बढीको लगानीमा राम–सीता विवाहस्थलको विकास गरिरहेको छ। त्यस्तै रामायण सर्किट योजनाअन्तर्गत भारतले आफ्ना धार्मिक गन्तव्यहरूको तिव्र विकास गरिरहेको छ। त्यसैगरी नेपाल सरकारले सीता सर्किट योजना घोषणा, बजेट व्यवस्थान र कार्यान्वयनका मूर्त रूपहरू देखिदैन ।जनकपुरधामको ५२ बिघा जमिनमा प्रस्तावित नयाँ जनक दरबारको कुरा पटक–पटक उठे पनि न योजना छ, न अध्ययन।

६. बजेट पारदर्शिता र पदयात्रा कार्यक्रम

२०८२/८३ को बजेटमा जनकपुरधामको स्पष्ट विकास योजना, बजेट शीर्षक र कार्यान्वयन यन्त्रबारे कुनै जानकारी छैन। यद्यपि पदयात्रा कार्यक्रमको नाममा जनकपुर पनि समावेश गरिएको छ, तर त्यसको प्रकृति, पहुँच, र प्रभावकारिता बारेमा प्रष्टता छैन। बजेटको अपारदर्शी संरचना, क्षेत्रीय पूर्वाग्रह, र योजनाविहीन कार्यान्वयन शैलीले जनकपुरधामलाई फेरि पनि निराश बनाएको छ।

७.गुरुयोजना र समन्वयको आवश्यकता

जनकपुरधामको समग्र विकासका लागि एउटा दीर्घकालीन, बहुआयामिक र व्यावहारिक गुरु योजना आवश्यक छ। धार्मिक, सांस्कृतिक, खेलकुद, शैक्षिक र पारिवारिक पर्यटनको सन्तुलित समावेश भएको, पूर्वाधार विकासमा केन्द्रित, बजेट पारदर्शी ढंगले विनियोजन भएको र नीति–निर्माताहरूको उत्तरदायित्व सुनिश्चित गरिएको खाका आवश्यक छ। संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूमिमा उभिएको जनकपुरधामले फेरि पनि सौतेनी व्यवहारको मार खेप्नुपर्ने अवस्था बदल्न सरकार, नागरिक समाज र राजनीतिक नेतृत्व सबैको सचेतता अनिवार्य छ।

जनकपुरधाम राजनीतिक, धार्मिक र समावेशी पहिचानको केन्द्र हो। अब ढिलाइ भए जनकपुरधामको अवसरहरू गुम्ने खतरा अझ गहिरिँदै जान्छ। तसर्थ, योजना होइन कार्य–नीति आवश्यक छ। नाराबाट परिवर्तन हुँदैन, अब काम गर्नुपर्छ।

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism.
Just $2 for 6 months.
Already a subscriber?
Share the post

what to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *