संसद् बैठक प्रतिपक्षीको विरोधका कारण स्थगित, अर्को बैठक भोलि दिउँसो १ बजे

काठमाडौं, जेठ २२ गते । — संसद्को आजको बैठक प्रतिपक्षी दलहरूको कडा अवरोधका कारण स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले बैठक संचालन गर्न नसक्ने अवस्था देखिएपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्। बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत …

Share on Social Media

काठमाडौं, जेठ २२ गते ।

— संसद्को आजको बैठक प्रतिपक्षी दलहरूको कडा अवरोधका कारण स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले बैठक संचालन गर्न नसक्ने अवस्था देखिएपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत दलका सांसदहरू उठेर नाराबाजी गर्दै विरोधमा उत्रिएका थिए।

प्रतिपक्षी दलहरू गृहमन्त्री रमेश लेखकमाथि लागेको विवादास्पद मुद्दामा उनको राजीनामाको माग गर्दै संसद्को प्रक्रिया अवरुद्ध गरिरहेका छन्। यिनै मागलाई लिएर संसद् चल्न नदिने अडानमा रहेका प्रतिपक्षीहरू आज पनि उही रणनीतिमा उत्रिएका थिए।

संसद् बैठकमा निरन्तर अवरोध भइरहँदा सरकार–प्रतिपक्षबीचको संवाद र समन्वय आवश्यक देखिएको विश्लेषकहरू बताउँछन्।


BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *