मटिहानीलाई भारत सरकारको एम्बुलेन्स उपहार

मो. इसराफिल राईनमहोत्तरी,जेष्ठ ३१ गते। मित्रराष्ट्र भारत सरकारले महोत्तरी जिल्लाको मटिहानी नगरपालिकालाई उपहार स्वरूप एम्बुलेन्स प्रदान गरेको छ। भारतको महावाणिज्य दूतावास वीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत (The Consul General) श्रीदेवी सहाय मिनाले मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डललाई सो एम्बुलेन्स हस्तान्तरण गर्नुभयो। नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत मधेस प्रदेशलाई १ वटा र …

Share on Social Media


मो. इसराफिल राईन
महोत्तरी,जेष्ठ ३१ गते।


मित्रराष्ट्र भारत सरकारले महोत्तरी जिल्लाको मटिहानी नगरपालिकालाई उपहार स्वरूप एम्बुलेन्स प्रदान गरेको छ।

भारतको महावाणिज्य दूतावास वीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत (The Consul General) श्रीदेवी सहाय मिनाले मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डललाई सो एम्बुलेन्स हस्तान्तरण गर्नुभयो।

नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत मधेस प्रदेशलाई १ वटा र मधेस प्रदेशका ५ पालिकालाई १/१ वटा गरी जम्मा ६ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको कुरा महावाणिज्य दूतावासले जनाएको छ।

यसअघि मटिहानी नगरपालिकाले भारतीय राजदूतावास बाट २०८१ साल श्रावन १५ गते मटिहानी स्वास्थ्य चौकीका लागि माग गरिएको सो एम्बुलेन्स आज पाउँदा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले महावाणिज्य दूतावास प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

Daily Report

Daily Report

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *