सरकारको कामप्रति कांग्रेस नेता नैनसिंह महरको असन्तोष : “जनताको मन जित्न सरकारले केही गरेन”

बीरगंज, असार १२ गते ।नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले हालको गठबन्धन सरकारप्रति कडा असन्तोष प्रकट गरेका छन्। सातबुँदे सहमतिका आधारमा बनेको वर्तमान सरकारले एक वर्ष बितिसक्दा पनि जनतामा उत्साह जगाउने कुनै उल्लेखनीय काम गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। …

Share on Social Media

बीरगंज, असार १२ गते ।
नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले हालको गठबन्धन सरकारप्रति कडा असन्तोष प्रकट गरेका छन्। सातबुँदे सहमतिका आधारमा बनेको वर्तमान सरकारले एक वर्ष बितिसक्दा पनि जनतामा उत्साह जगाउने कुनै उल्लेखनीय काम गर्न नसकेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

महरले सरकारको नेतृत्व एमालेले गरिरहेको भए पनि कांग्रेस त्यसमा संलग्न रहेको स्पष्ट भए पनि प्रभावहीन बनेको टिप्पणी गरे। उनका अनुसार, “सरकारमा सहभागिता हुँदाहुँदै पनि कांग्रेस निरीह बनेको छ, निर्णयहरूमा हस्तक्षेप गर्न सक्ने स्थितिमा छैन।” उनले अहिलेको सत्ता गठबन्धनबाट जनताको अपेक्षा अनुसार सेवा र सुधार नदेखिएको भन्दै यसले कांग्रेस पार्टीलाई जनताबीच बदनाम बनाइरहेको बताए।

महाधिवेशनको तयारीप्रति चिन्ता

पत्रकार सम्मेलनमा महरले पार्टीभित्रको व्यवस्थापन र आन्तरिक सक्रियताको पनि समालोचना गरे। कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिँदै उनले नेतृत्वको ढिलासुस्तीले निर्धारित समयमै महाधिवेशन सम्पन्न नहुने आशंका बढेको बताए। “पार्टी बलियो बनाउने हो भने देशभरका नेता–कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्छ,” उनले भने।

मधेसप्रति बजेट विभेदको आरोप

फरक प्रसंगमा बोल्दै महरले संघीय सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटप्रति असन्तोष व्यक्त गरे। उनले मधेस प्रदेशलाई राज्यका अन्य प्रदेशभन्दा बढी योगदान दिने क्षेत्रको रूपमा चित्रण गर्दै भने, “मधेस प्रदेशले सबैभन्दा बढी राजस्व तिर्छ, सबैभन्दा बढी रेमिट्यान्स पठाउँछ, तर बजेटमा पुनः विभेद गरिएको छ।”

शुद्धिकरणको आव्हान

राजनीतिक दलभित्रको शुद्धिकरण अपरिहार्य भएको उल्लेख गर्दै महरले त्यसको सुरुवात कांग्रेसबाटै हुनुपर्नेमा जोड दिए। “जबसम्म नेताहरू इमानदार र चरित्रवान हुँदैनन्, तबसम्म जनताको हितमा सरकार चलाउन सकिँदैन,” उनले स्पष्ट शब्दमा भने।

बजेट ‘ब्रहमलुट’ को आशंका

महरले संघ, प्रदेश र स्थानीय तहले ल्याएको बजेटबारे पनि आलोचना गर्दै “तीनै तहका सरकारहरूको बजेट लुटतन्त्र प्रेरित सोचले ग्रस्त छ” भन्ने धारणा व्यक्त गरे। यस्ता योजनाहरूले आमजनताको हित होइन, शक्ति नजिकका सीमित समूहको लाभ सुनिश्चित गर्ने खतरा रहेको उनले बताए।

वैदेशिक पलायन रोक्न राष्ट्रिय पहलको माग

देशमा व्यापक बेरोजगारी र त्यसका कारण युवाहरूको वैदेशिक पलायनबारे चिन्ता व्यक्त गर्दै उनले रोजगारी सिर्जनामा सरकार गम्भीर हुनुपर्ने बताए। “देशमै रोजगारी सिर्जना गरी युवाहरूलाई स्वदेशमै रोक्न सक्ने वातावरण बनाउन जरुरी छ,” महरको भनाइ थियो। उनले विदेश गएका युवाहरूको पुनःस्थापनाका लागि ठोस योजना ल्याउन पनि सरकारसँग माग गरे।

पत्रकार सम्मेलन नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बिरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको जानकारी उप–प्रमुख आलम

BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *