मटिहानीमा कालोपत्रे सडक: गाउँको संरचना र सोच बदल्ने पूर्वाधार क्रान्ति

इसराफिल राइन मटिहानी, असार १८ गते । महोत्तरी जिल्लाको सीमावर्ती मटिहानी नगरपालिकामा अहिले विकासको मुहार फेरिंदैछ। विगतमा धुलो र हिलोको अर्को नाम बनिसकेको मझौरा–बिसनपुर–गोबरौरा सडक खण्ड अहिले कालोपत्रे हुँदैछ, जसले स्थानीयको जीवनशैली मात्र होइन, सोचाईमा समेत परिवर्तन ल्याउने विश्वास पलाएको छ। शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सघन सहरी विकास कार्यक्रमले मटिहानी नगरपालिकामा २७ करोड …

Share on Social Media

इसराफिल राइन

मटिहानी, असार १८ गते ।

महोत्तरी जिल्लाको सीमावर्ती मटिहानी नगरपालिकामा अहिले विकासको मुहार फेरिंदैछ। विगतमा धुलो र हिलोको अर्को नाम बनिसकेको मझौरा–बिसनपुर–गोबरौरा सडक खण्ड अहिले कालोपत्रे हुँदैछ, जसले स्थानीयको जीवनशैली मात्र होइन, सोचाईमा समेत परिवर्तन ल्याउने विश्वास पलाएको छ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सघन सहरी विकास कार्यक्रमले मटिहानी नगरपालिकामा २७ करोड रुपैयाँभन्दा बढीको लागतमा विभिन्न योजना अघि बढाइरहेको छ। तीमध्ये करिब ४ करोड रुपैयाँ बजेटमा वडाहरू ४ र ५ जोड्ने ४ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अघि बढेको छ।

सडक निर्माणको कार्य प्राविधिक निरीक्षणमा रहेका दिनेश साहका अनुसार मझौरा प्रवेशद्वारदेखि वडा कार्यालय बिसनपुर हुँदै गोबरौरा सम्मको सडक खण्डमा कालोपत्रेको काम सुरु भइसकेको छ। यसले झन्डै १५ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने तथ्य नगरप्रमुख हरि प्रसाद मण्डलले औँल्याउनु भएको छ।

स्थानीयवासीहरूका लागि यो सडक विकास केवल यातायातको सुविधा नभई बहुआयामिक परिवर्तनको पूर्वसूचक बनिरहेको छ। वर्षौँदेखि हिलाम्य अवस्थाले हैरान बनाएको सडक अहिले सडक निकै राम्रो विकासको प्रमाण बन्ने क्रममा छ।

स्थानीय बासिन्दा चन्देश्वर रजक भन्छन्, “अब बच्चाहरू विद्यालय जान सजिलो हुन्छ, बीउबिजन बजार पुर्‍याउन सजिलो हुन्छ, बिरामी बोकेर अस्पताल लैजान ढिला हुन्न। हाम्रा सपना सडकसँगै जोडिएको छ।”

गुणस्तरीय निर्माणमा जोड

नगरप्रमुख मण्डलको भनाइमा यो परियोजना केवल भौतिक पूर्वाधार निर्माणमा सिमित छैन। “हामीले योजनालाई समयमै र गुणस्तरीय ढंगले सम्पन्न गर्ने गरी प्राविधिकहरूलाई खटाएका छौं,” उहाँले भन्नुभयो।

स्थानीयवासी र जनप्रतिनिधिहरूको सामूहिक प्रतिबद्धता र सहकार्यले मटिहानी नगरपालिकाले ‘स्मार्ट नगरपालिका’ बन्ने यात्रामा नयाँ मोड लिएको देखिन्छ। पूर्वाधार विकासको यो गति निरन्तर रह्यो भने मटिहानीको पहिचान सीमावर्ती सानो नगरबाट बदलिंदै समृद्धिको प्रतीक बन्न सक्ने सम्भावना प्रष्ट देखिन्छ ।

महोत्तरी जिल्लाको सीमावर्ती मटिहानी नगरपालिकामा अहिले विकासको मुहार फेरिंदैछ। विगतमा धुलो र हिलोको अर्को नाम बनिसकेको मझौरा–बिसनपुर–गोबरौरा सडक खण्ड अहिले कालोपत्रे हुँदैछ, जसले स्थानीयको जीवनशैली मात्र होइन, सोचाईमा समेत परिवर्तन ल्याउने विश्वास पलाएको छ।

साइट इन्चार्ज प्रशान्त यादवका अनुसार निर्माण प्रक्रियामा आवश्यक जनशक्ति, उपकरण र सामग्रीको व्यवस्थापन गरिएको छ।
वडाध्यक्ष अब्दुर गफार राइनले सडक बन्ने क्रमले गाउँको आत्मविश्वास बढाएको बताउँदै भने, “सडक बनेपछि हामी पनि अब सहरका बासिन्दाजस्तै महशुस गर्दैछौं। यो सुरुआत हो, अब विकास रोकिँदैन।”
इंजीनियर बिमलेश साहका अनुसार सडक निर्माणलाई अनुगमनका लागि प्रविधिमैत्री र पारदर्शी विधि अपनाइएको छ। गुणस्तरीयता कायम गर्न प्राविधिक टोलीहरू निरन्तर स्थलमै खटिरहेका छन्।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सघन सहरी विकास कार्यक्रमले मटिहानी नगरपालिकामा २७ करोड रुपैयाँभन्दा बढीको लागतमा विभिन्न योजना अघि बढाइरहेको छ। तीमध्ये करिब ४ करोड रुपैयाँ बजेटमा वडाहरू ४ र ५ जोड्ने ४ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अघि बढेको छ।

सडक निर्माणको कार्य प्राविधिक निरीक्षणमा रहेका दिनेश साहका अनुसार मझौरा प्रवेशद्वारदेखि वडा कार्यालय बिसनपुर हुँदै गोबरौरा सम्मको सडक खण्डमा कालोपत्रेको काम सुरु भइसकेको छ। यसले झन्डै १५ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने तथ्य नगरप्रमुख हरि प्रसाद मण्डलले औँल्याउनु भएको छ।

BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *