काठमाडौं , भदौ १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकार उच्च सतर्कताका साथ जुटेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजैको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेना र अन्य चारै सुरक्षा निकायका चिकित्सक तथा उपकरण परिचालन गर्ने निर्णय गरेको जानकारी दिए। महामारी …
वीरगञ्जमा हैजा नियन्त्रणका लागि सरकार सक्रिय : सेनासहित चारवटै सुरक्षा निकाय परिचालन हुने

काठमाडौं , भदौ १३ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकार उच्च सतर्कताका साथ जुटेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजैको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेना र अन्य चारै सुरक्षा निकायका चिकित्सक तथा उपकरण परिचालन गर्ने निर्णय गरेको जानकारी दिए।

महामारी नियन्त्रणमा जोड
वीरगञ्जमा हैजाको प्रकोप फैलिँदै जाँदा तीन जनाको ज्यान गइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले शोक प्रकट गर्दै महामारी नियन्त्रणका लागि आवश्यक सम्पूर्ण उपाय लागू गरिने बताए। उनका अनुसार रोगको स्रोत पहिचानका लागि अनुसन्धान भइरहेको छ भने तत्काल रोग नियन्त्रणमा ध्यान केन्द्रित गरिएको छ।
प्रभावित क्षेत्रका बिरामीहरूको उपचारका लागि नारायणी अस्पतालमा निःशुल्क सेवा उपलब्ध गराइएको छ। साथै, निजी अस्पतालहरूमा समेत बिरामीलाई उपचार सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको प्रधानमन्त्रीले बताए।
उनले हैजा फैलिन नदिन स्थानीय तह र स्वास्थ्यकर्मीमार्फत जनचेतनामूलक अभियान सञ्चालन भइरहेको पनि जानकारी दिए।
सरकारले सेनादेखि सुरक्षानिकायसम्मको संरचना परिचालन गर्दै हैजा नियन्त्रणमा गम्भीर ध्यान दिएको छ। प्रधानमन्त्री ओलीले तत्कालको प्रयासले महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गरे पनि दीर्घकालीन रुपमा स्वच्छ पानी आपूर्ति, सरसफाइ र स्वास्थ्य पूर्वाधारमा सुधार गर्नुपर्ने आवश्यकता अझै देखिएको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers