जनकपुरधाम — मिथिला नाट्यकला परिषद्को ४६औँ साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाबाट गायक तथा संगीतकार सुनील मल्लिकको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा रामनारायण ठाकुर र संगीता देव चयन भएका छन्। महासचिवमा विष्णुकान्त मिश्र, सचिवमा धीरज ठाकुर तथा कोषाध्यक्षमा अनितारानी मण्डल चयन भएका छन्। यस्तै, कार्यसमिति सदस्यहरूमा गंगाकान्त …
मिथिला नाट्यकला परिषद्को ४६औँ साधारणसभा सम्पन्न, सुनील मल्लिक अध्यक्षमा चयन

जनकपुरधाम — मिथिला नाट्यकला परिषद्को ४६औँ साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाबाट गायक तथा संगीतकार सुनील मल्लिकको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रामनारायण ठाकुर र संगीता देव चयन भएका छन्। महासचिवमा विष्णुकान्त मिश्र, सचिवमा धीरज ठाकुर तथा कोषाध्यक्षमा अनितारानी मण्डल चयन भएका छन्।

यस्तै, कार्यसमिति सदस्यहरूमा गंगाकान्त झा, चन्द्रशेखर यादव, मुकेश झा, मुकेश ठाकुर, सन्नी राउत, ध्रुव झा र ईन्देश मिश्र रहेका छन्।
साधारणसभाले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। परिषद्ले मिथिला कला, संस्कृति र नाट्य परम्पराको संरक्षण तथा प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers









