कांग्रेस पार्टीबाट टाढिएका र लामो समयदेखि निष्क्रिय रहेकालाई पुनः फर्किन थापाको आग्रह

Share on Social Media

काठमाडौं — नेपाली कांग्रेसले पार्टीबाट टाढिएका र लामो समयदेखि निष्क्रिय रहेका सदस्यहरूलाई पुनः सक्रिय भएर फर्किन आग्रह गरेको छ।
निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। उनका अनुसार विभिन्न कारणले पार्टी छोडेका वा निष्क्रिय रहेका नेता–कार्यकर्तालाई फेरि कांग्रेसमा जोडिन आह्वान गरिएको छ।
साथै, कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सबै तहका नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।
प्रवक्ता चालिसेले पार्टीलाई एकताबद्ध बनाएर नयाँ ऊर्जा र उत्साहका साथ निर्वाचनमा जुट्न सबै कांग्रेसजनलाई अपिल गरिएको जानकारी दिए।

लेखकबाट थप

निर्वाचनअघि दल दर्ता प्रक्रिया नखोल्ने निर्वाचन आयोगको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *